जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालयमा खेलेको भूमिकाका कारण जलवायु मुद्दामा अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे)ले सकारात्मक राय दिएको छ ।
आइतबार राति भएको खेलमा रियल म्याड्रिडले रियाल ओभिडिओलाई ३–० गोलले हरायो ।
म्यान्माको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् ।
अमेरिकाका उपराष्ट्रपति जे डी भान्सले आइतबार (स्थानीय समय) भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध र भन्सार शुल्कलाई युक्रेन युद्धमा रुसविरुद्ध प्रयोग गरिएको ‘आक्रामक आर्थिक लाभ’को रणनीति अन्तर्गत रहेको भन्दै यसको बचाउ गर्नुभएको छ ।
सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको मलेसियामा मृत्यु भएको छ । गाउँपालिकाको वडा २ स्थित हरिरावाका ३२ वर्षीय दिपककुमार रामको मलेसियामा मृत्यु भएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्रका विज्ञहरुसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो ।
राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरी (दूरविनबाट गरिने मेरुडण्डको शल्यक्रिया) प्रविधिबाट गरिने भएको छ । दूरविनबाट मेरुडण्डको शल्यक्रिया गर्दा बिरामीलाई धेरै सहज हुने छ ।
बर्दियामा नेपाल–भारत सीमा क्षेत्रबाट ठुलो परिणाममा चिनियाँ विद्युतीय चुरोट पक्राउ परेको छ । विशेष सुराकीको आधारमा नेपालबाट भारततर्फ अवैध रुपमा चोरी निकाशी गर्दैगर्दा विद्युतीय चुरोट (इलेक्ट्रिक भेप) सशस्त्र प्रहरीले फेला पारेको हो ।
मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राखिने भएका छन् ।
सप्तरीमा एक हप्ता यता सात जनाको शव फेला परेको छ । पाँच महिला र तीन पुरूष गरी सात जनाको शव फेला परेको हो । पछिल्लो पटक कञ्चनरूप नगरपालिका –७ धरमपुरस्थित पेट्रोलपम्प नजिक आइतबार राति अन्दाजी ४० देखि ४५ वर्षिया महिलाको शव फेला परेको छ । सोही दिन सोही नगरपालिका –६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेको अवस्थामा एक पुरुष मृत फेला परेका थिए ।
नेपालको प्रजातन्त्रीकरण तथा आधुनिकीकरणमा विभिन्न साहित्यिक प्रकाशन, साहित्यकार तथा प्रकाशनगृहको विशिष्ट योगदान रहँदै आएको छ । यस्तो योगदान निजी तथा संस्थागत पहल र संलग्नतामा भएको पाइन्छ । नेपालको साहित्यिक पत्रिकाको इतिहास लामो छ । काठमाडौँबाट पढ्न ब
आमाका पछि लागेर मामाघर दौडिए जस्तै पर्वहरूको हुरुरु आगमन सुरु ! हरेक साउन महिना बुढो काँधमा रमझम बोकेर आउँछ तिजको रगताम्य धुन । मेरा लालायित आँखाहरू चाहन्छन् देख्न आमाका घर आँगनका पीडाले भरिएका
तिज सुन्नासाथ आँखाले आफ्नो अगाडि दृश्यवान बनाएर उभ्याइदिन्छ, आँगन र पिँढीका कुनामा आफ्नो बिरह पोखिरहेका दिदी फुपुहरूको अनुहार । कानले सुन्न थाल्छ भदौरे झरी झैँ घन्किरहेको एक किसिमको धुन । भुलेको छैन नाकले
नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका विषयमा फुङलिङ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले निर्माण गर्दै गरेको वन ऐनमा साझेदारी वन व्यवस्थापनसँग सम्बन्धित विषयहरू समावेश गर्न प्रदेश सरकारले सुझाव दिने बताउनुभएको छ ।