• ८ भदौ २०८२, आइतबार

हायु परिवारलाई सहयोग जुट्दै

blog

सिड्स नेपालद्वारा उर्मिला हायूको परिवारलाई जीविकोपार्जनका लागि बाख्रा प्रदान गरिँदै ।तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ ८ गते  । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, सुँगुरेस्थित वडाध्यक्षको घरमा बस्दै आएका १६ जनाको हायू परिवारलाई जीविकोपार्जनका लागि सहयोग जुट्न थालेको छ । दुई साताअघि पोखराबाट फर्काइएका ५२ वर्षीय उर्मिला हायूको परिवारलाई शुव्रmबार जीविकोपार्जनमा सहयोग पु-याउन उनीहरूकै चाहना अनुसार सिड्स नेपाल सिन्धुलीले बाख्रा वितरण गरेको छ । बसोबासका लागि ठाउँ नफापेको भन्दै सोही वडाको भण्डास विप्परकटेरीबाट साउन ९ गते रातिदेखि उनीहरू सम्पर्कविहीन भएर पोखरा पुगेका थिए । हायू परिवारले कहिल्यै घर नफर्किने भनेपछि वडाध्यक्षको सुगेरेस्थित घरमा आश्रय दिने गरी फर्काइएको थियो ।

वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सिड्स नेपालले ४९ हजार ७२५ रुपियाँ बराबरका तीन वटा बाख्रा, तीन वटा बोका र तीनका पाठापाठी वितरण गरेको उक्त संस्थाका अध्यक्ष दीपक घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँबाट विस्थापित हायू परिवारलाई पोखरा पुगेर वडाध्यक्ष श्रेष्ठले सम्झाइबुझाई गरेर ल्याउनुभएको हो । विस्थापित परिवारलाई स्थापित गर्न वडाध्यक्षको अपिल अनुसार हामीले सहयोग गरका हौँ ।”

पहिले भएको सबै सम्पत्ति त्यागेर हिँडेका हायू परिवारलाई गाउँ फर्काइएपछि जीविकोपार्जनमा समस्या भएपछि आयआर्जनका लागि बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । घरव्यवहार चलाउन सधैँ बाख्रापालनबाट आयआर्जन गर्न सकिने भएकाले आफूले उक्त चाहना राखेको घरमूली उर्मिला हायूले बताउनुभयो । पुख्र्यौली थलो भण्डास विप्परकटेरीमा सडक, शिक्षा, स्वास्थ्य, बिजुली जस्ता आधारभूत सुविधा नभएको र बसोबासका लागि नफापेपछि गाउँ छाड्नु परेको उहाँको भनाइ छ । उक्त ठाउँमा गएर बसोबास नगर्ने उहाँको अडान छ ।

उर्मिलाका जेठो छोरा राजु हायूले आफूसँग सवारी चलाउने सिप भएकाले सोही अनुसारको रोजगारी दिलाउने वातावरण बनाइदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ । वडाध्यक्ष रवीनकुमार श्रेष्ठले विस्थापित उक्त परिवारलाई विभिन्न निकायबाट सहयोग जुटाई गाउँमै जग्गा खरिद गरेर घर बनाइदिने तयारी भइरहेको बताउनुभयो । उहाँले त्यसका लागि सो क्षेत्रका सङ्घीय सांसद श्याम घिमिरे, बागमती प्रदेश सांसद रामकुमार पहाडी र गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो । आफ्नै कुटुम्बबाट त्रास फैलाइनु, अन्धविश्वास, अशिक्षा र आर्थिक अभावका कारण घर छाड्नु हायू परिवारको बाध्यता देखिएको उहाँले बताउनुभयो ।