• ७ भदौ २०८२, शनिबार

करेन्ट लगाएर माछा मार्दा एकको मृत्यु

blog

लीलाराज खड्का 

बिर्तामोड, भदौ ७ गते । झापाको कनकाई नगरपालिका–१, खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । 

शनिबार बिहान  स्थानीय ३७ वर्षीय पङ्कज माझीले बिजुलीको पोलमा तार जडान गरी माछा मार्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । 

यता झापाको कमल गाउँपालिका-३, केराधापमा  मोटरसाइकलको ठक्करबाट ८८ वर्षका एक वृद्धको ज्यान गएको छ ।  प्रदेश १–०१ –०१६  ५१०५ नम्बरको मोटरसाइकल को ठक्करबाट घाइते भएका सो ठाउँका ८८ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।