• २९ वैशाख २०८३, मङ्गलबार

गीत

blog

वज्रभन्दा कठोर लाग्छ नौनीतुल्य मानव मन

जनभन्दा ठुलो ठान्छन् हरेक अचेल यहाँ धन

यान्त्रिक संसार–यान्त्रिक संसार

मतलबी स्वार्थी भो माया प्रेमप्यार

पर्दा क्याटरिङ बोलाउने रे मर्दा शव वाहन

खाडल दुरी आफन्तमाझ बढ्यो झन् झन्

वैशाख एक भुली फस्ट जनवरी मनाउने

फाइदा नाफा हेरी नाता साइनो बनाउने

हार्दिकता समवेदनाहीन यो जीवनयापन मुस्किल

हाइब्रिड भो मानिसको अर्गानिक मुटु कोमल दिल

भेटघाट जमघट चल्छ अब मोबाइल फेसबुकमा

भित्र एक बाहिर अनेक कुरा मानव मुख मुखमा