• ७ भदौ २०८२, शनिबार

“नवनारी तीज उत्सव - २०८२ मा झुमे दर्शक”

blog

काठमाडौँ, भदौ ७ गते ।  नवनारी तिज उत्सव २०८२ मा गायक नारायण थापाले आफ्नो दमदार प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर  मनोरञ्जन प्रदान गर्नु भएको छ।

नवनारी म्यागेजिनको आयोजना एवं माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता तथा सयौं व्युटिसियन तथा सर्वसाधारणको उपस्थिति रहेको तिज विशेष दर खाने कार्यक्रममा गायक थापाले ‘सोह्रै शृंगार’ ‘मायाले’ लगायतका आफ्ना गीत मार्फत दर्शकहरुलाई  मनोरञ्जन प्रदान गर्नु भएको थियो।

पछिल्लो समय मेला महोत्सवहरुको पर्याय बन्नु भएका गायक थापासंगै उक्त कार्यक्रममा गायिका रेखा शाह,सुजाता केसी, सरिता भारती,ओम सुनारलगायतका कलाकारहरुको समेत प्रस्तुती रहेको थियो।