सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य प्राप्तिमा सहजीकरणका लागि मन्त्रालय मातहतका निकायलाई आग्रह गर्नुभएको छ।
रुकुमपश्चिमको एक कार्यालयको डिजिटल बोर्डमा ‘प्रमिला म तिमीलाई माया गर्छु, साँच्चै माया गर्छु’ लेखिएको तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चित भएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ।
आइतबार राष्ट्रिय सभाको बैठकका लागि तोकिएको समय परिवर्तन भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ।
प्रतिनिधिसभाको आजको केही समयका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठक जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गर्नुभयो ।
दाङको घोराही उपमहानगरपालिका (१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा केबुलकार निर्माण भइरहेको कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरू यथास्थितिमा राख्न आदेश दिएको हो ।
गत शुक्रबर काठमाडौँस्थित तीनकुनेमा भएको एभिन्यूजकर्मी सुरेश रजक हत्या र सञ्चार गृहमाथिको आक्रमणका विरोधमा रामेछापको पत्रकार कालोपट्टी बाँधेर कार्यस्थलमा खटिएका छन् ।
विश्व बैँकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलव्ध गराउने भएको छ । विश्व बैँकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले राजीनामा दिनुभएको खबर मिडियाबाट थाहा पाए पनि आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घको १९ औ महाधिवेशनबाट अध्यक्षमा राजनकुमार शाक्य निर्वाचित हुनुभएको छ । आइतबार बिहान सार्वजनिक भएको मत परिणामअनुसार प्रतिद्वन्द्वी उमाकान्त शर्मा ‘बाबु’ लाई १२५ मतअन्तरले पराजित गर्दै शाक्य निर्वाचित हुनुभएको हो ।
बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ ।