सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको हो ।
जिल्लाको एक मात्र स्थानीय तह कालिका नगरपालिकामा सोमबार प्रहरी निरीक्षक (इनिस्पेक्टर) ले पद बहाली गर्नुभएको छ । प्रहरी चौकीका रुपमा रहेको स्थानमा स्तरोन्नति गरी अधिकृतको पद स्थापना गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गर्नुभएको छ ।
संयुक्त रूपमा इ-थ्री राष्ट्र भनिने बेलायत, फ्रान्स र जर्मनीका प्रतिनिधि मङ्गलबार जेनेभामा आफ्ना इरानी समकक्षीसँग अन्तिम समयमा वार्ता गर्न तयारी गर्दै छन् ।
छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।
भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन संघीय सरकारले मात्र निर्भर भएर नहुने बताउँदै प्रदेश र स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।
विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ ।
प्रथम महिला सविता पौडेलले हरितालिका तिजको अवसरमा मङ्गलबार पशुपतिनाथको दर्शन गरी पूजा अर्चना गर्नुभएको छ ।
राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिकरूपमा महत्वपूर्ण’ भन्दै प्रशंसा गर्नु भएको छ ।
गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकलाई सुरक्षित फिर्ता ल्याउन मागसहित मङ्गलबार बिहान इजरायलका प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
भियतनाममा टाइफुन काजिकीका कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उखेलिएका रूख र बिजुलीका तारले अराजकता ल्याउँदा उद्धारकर्मीको ज्यान गएको छ ।
सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ।
सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्वाचनको कायर्यक्रम सार्वजनिक भएको छ।