गोरखापत्रको मङ्गलबारको पहिलो पृष्ठमा प्रकाशित ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकको समाचारप्रति सामाजिक सञ्जालमा पाठकवर्गले प्रतिक्रिया दिनुभएकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।
झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमा दुईवटा सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ र बिक्रीदर १४० रुपियाँ ६० पैसा कायम भएको छ ।
चाडपर्वमा लाग्ने गरेका मेला ग्रामीण क्षेत्रमा हराउँदै गए पनि पोखरावासीले तिजमा पुरानै रौनक अवलोकन गर्न पाउँछन् । हरेक चाडपर्व र उत्सवलाई पृथक् तवरले मनाउने पर्यटन राजधानी पोखरामा अहिले ठाउँ ठाउँमा तिज केन्द्रित मेला, महोत्सव जारी छन् ।
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
असोज १ गतेदेखि अनिवार्य जडान गर्न भनिएको इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिबाना नहुने भएको छ । आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गई स्वस्फूर्त रूपमा जडान गर्न यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका दीपक मनाङे भनिने राजीव गुरुङको सांसद पद सर्वोच्चकै आदेशले रिक्त भइसकेको छ । गण्डकी प्रदेश सभा सदस्य गुरुङको पद संवैधानिक इजलासको आदेशले रिक्त भए पनि झन्डै आधा कार्यकाल मान्य हुने व्याख्या सर्वोच्चले गरेको छ ।
गृह मन्त्रालयले सार्वजनिक सेवा प्रवाह सुशासन तथा सेवा प्रवाहलाई थप सरल र पहुँचयुक्त नागरिक सेवा उपलब्ध गराउने उद्देश्यले देशभर थप २३ वटा इलाका प्रशासन कार्यालय थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा समावेश गरिएका प्रावधानप्रति सरोकारवालाले असन्तुष्टि जनाएका छन् । शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिले पारित गरेको उक्त विधेयक गत शुक्रबार प्रतिनिधि सभामा पेस भएको छ ।
जनवादी गणतन्त्र चीनको तियान्जिन सहरमा भदौ १५–१६ गते हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलन २०२५ मा नेपाल संवाद साझेदार (डाइलग पार्टनर) का रूपमा सहभागी हुँदै छ ।
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध हुनुभएको छ । सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ ।
म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा सोमबार राति भएको हवाई आक्रमणमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार राति करिब ११ बजेतिर सो घटना भएको हो।
नवलपुरको देवचुली नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी गाउँपालिका–४ हिन्दी सडकबाट २० मिटर तल भोटेकोशी नदीमा खसेको छ ।
वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समय फैलिँदै गएको छ।