• ११ भदौ २०८२, बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, भदौ ११ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ र बिक्रीदर १४० रुपियाँ ६० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ र बिक्रीदर १६३ रुपियाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ ७५ पैसा र बिक्रीदर १८९ रुपियाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ८१ पैसा र बिक्रीदर १७४ रुपियाँ ५५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ८३  पैसा र बिक्रीदर ९१ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ११ पैसा र बिक्रीदर १०१ रुपियाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९० पैसा र बिक्रीदर १०९ रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ५५ पैसा र बिक्रीदर १९ रुपियाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४१ पैसा र बिक्रीदर ३८ रुपियाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १२ पैसा र बिक्रीदर ३८ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २१ पैसा र बिक्रीदर ३३ रुपियाँ ३५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ६१ पैसा र बिक्रीदर १४ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८४ पैसा र बिक्रीदर २१ रुपियाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ९५ पैसा र बिक्रीदर १८ रुपियाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपियाँ १० पैसा र बिक्रीदर ४६० रुपियाँ ०६  पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपियाँ ३२ पैसा र बिक्रीदर ३७२ रुपियाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६५ रुपियाँ १९ पैसा रहेको छ ।  

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस