शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २८ गते । प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर)ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले सभामुख डोलप्रसाद अर्याल र पार्टीका सभापति रवि लामिछानेलाई जानकारी दिएर कार्यक्रमको सन्दर्भमा स्वीटजरल्यान्ड गएको अवस्थामा आफूलाई स्मार्ट टेलिकमको भ्रष्टाचारका विषयमा मुछेर आएका समाचारप्रति खेद व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता खरेलले त्यस्ता अपुष्ट र गलत समाचार पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई चुनौती दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रेस काउन्सिल नेपालको पनि ध्यानाकर्षण गर्नुभयो ।रासस