• १० भदौ २०८२, मङ्गलबार

भोटेकोशीमा बलेरो खस्यो, दुईजना बेपत्ता

blog

बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी नदीमा खसेर दुईजना बेपत्ता अवस्थामा ।

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, भदौ १० गते । तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी गाउँपालिका–४ हिन्दी सडकबाट २० मिटर तल भोटेकोशी नदीमा खसेको छ । 

उक्त बलेरोमा सवार रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महत्तो र बलेरो चालक सर्लाही बरथह वा. न.पा. २ का २३ वर्षीय राजेशकुमार कुसहवा भोटेकोशी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चौतारा सिन्धुपाल्चोकले जनाएको छ । 

बलेरोलाई टुचन लगाई तान्ने क्रममा एकजनाको शव नदीले बगाएको जिप्रकाले जनाएको छ । भोटेकोशी नदीमा बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेस पाण्डेले जानकारी दिनुभयो । बलेरो के कारणले भोटेकोशी नदीमा खस्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।