कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका दीपक मनाङे भनिने राजीव गुरुङको सांसद पद सर्वोच्चकै आदेशले रिक्त भइसकेको छ । गण्डकी प्रदेश सभा सदस्य गुरुङको पद संवैधानिक इजलासको आदेशले रिक्त भए पनि झन्डै आधा कार्यकाल मान्य हुने व्याख्या सर्वोच्चले गरेको छ ।
गृह मन्त्रालयले सार्वजनिक सेवा प्रवाह सुशासन तथा सेवा प्रवाहलाई थप सरल र पहुँचयुक्त नागरिक सेवा उपलब्ध गराउने उद्देश्यले देशभर थप २३ वटा इलाका प्रशासन कार्यालय थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
प्रतिनिधि सभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा समावेश गरिएका प्रावधानप्रति सरोकारवालाले असन्तुष्टि जनाएका छन् । शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिले पारित गरेको उक्त विधेयक गत शुक्रबार प्रतिनिधि सभामा पेस भएको छ ।
जनवादी गणतन्त्र चीनको तियान्जिन सहरमा भदौ १५–१६ गते हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलन २०२५ मा नेपाल संवाद साझेदार (डाइलग पार्टनर) का रूपमा सहभागी हुँदै छ ।
प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध हुनुभएको छ । सभापति चयनका लागि प्रतिनिधि सभा सचिवालयले तोकेको समयभित्र न्यौपानेको एकल मनोनयन दर्ता भएको छ ।
म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा सोमबार राति भएको हवाई आक्रमणमा कम्तीमा १२ जनाले ज्यान गुमाएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार राति करिब ११ बजेतिर सो घटना भएको हो।
नवलपुरको देवचुली नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बलेरो भोटेकोशी गाउँपालिका–४ हिन्दी सडकबाट २० मिटर तल भोटेकोशी नदीमा खसेको छ ।
वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समय फैलिँदै गएको छ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले नवलपुर जिल्लालाई नमुना बनाउन सक्रिय भएको बताउनुभएको छ।
तिज पर्वको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भएको पाइए पनि अहिले चाडभन्दा पहिलेदेखि नै दर खुवाउने चलन मौलाउँदै गएपछि तिज भड्किलो बन्दै गएको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान गर्नुभएको छ ।
भेरी अस्पताल नेपालगन्जबाट अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डायलाइसिस सेवा पाउने भएका छन्। यसअघि उनीहरुले पैसा तिरेर सो सेवा लिँदै आएका थिए।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ।
हरेक चाडपर्व र उत्सवलाई पृथक तवरले मनाउने पर्यटन राजधानी पोखरामा अहिले ठाउँ ठाउँमा तीज केन्द्रित मेला, महोत्सव जारी छन्। पोखरा महानगरमा आधा दर्जनभन्दा बढी तीज मेला भइरहेका छन्। मेलामा तीजगीत प्रतियोगिता, नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी, सामूहिक दरदेखि खेलकुदका गतिविधिसमेत समावेश छन्।