समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङदेखि तराईको नवलपुरसम्म गाउँ गाउँमा घरेलु मदिरा बनाइन्छ । विद्यमान कानुनले यसको उत्पादन र बजारीकरणलाई अनुमति नदिएकाले बेला बेलामा त्यस्तो मदिरा जफत र नष्ट गर्ने गरिएको छ ।
पछिल्लो समय उदयपुरको त्रियुगा उपत्यका र आसपासका सिमसार क्षेत्र अतिव्रmमणमा परी जैविक विविधताको अस्तित्व सङ्कटमा पर्न थालेपछि उदयपुरको त्रियुगा नगरपालिकाले जलाधार संरक्षणको कामलाई उच्च प्राथमिकता दिएको छ ।
अविनाश चौधरीधनगढी, चैत १७ गते । कञ्चनपुरको बेलौरी नगरपालिका–२ स्थित टेंढुवा गाउँ पसेको पाटे बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणमा आउन नसकेपछि वनकर्मी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण र सुरक्षाकर्मीको टोलीले रातभरि पहरा दिएका छन् । बाघले शुक्रवार राति हरिप्रसाद चौधरीको बाच्छोलाई मारेको थियो । बाघ सिनो खान पुनः आएको बेला नियन्त्रणको प्रयास गर्ने टोलीको तयारी थियो । तर, दिनभरि गहुँबारीमा बसेको बाघ शनिवार राति सिनो खान नआएको डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेशकुमार यादवले बताउनुभयो । उहाँले हिजो दिनभरि बसेको ठाउँबाट बाघ राति अन्यत्र सरेको जानकारी दिनुभयो । “आज ड्रोन उडाएर हेर्दा हिजो बसेको गहुँमा बाघ छैन”, उहाँले भन्नुभयो,“पुरानो ठाउँबाट अन्यत्र सरे जस्तो छ ।”शुक्रवार राति टेंढुवा गाउँ पसेको बाघ दिनभरि स्थानीय विमला चौधरीको गहुँवारिमा बसेको थियो । तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्ती नपुगेकाले नियन्त्रणमा लिइएन । हात्तीबिना बाघलाई डार्ट गर्न (लट्ठयाउन) जोखिमपूर्ण रहेकाले हिजो डार्ट नगरेको यादवको भनाइ छ । उहाँका अनुसार बाघ बसेको ठाउँ वरिपरि चारैतिर मानव बस्ती छ । ५०÷६० मिटरको दूरीमा हजारौँको सङ्ख्यामा मान्छेहरू हेरिरहेका थिए । डार्ट गर्दा चुकेमा बाघले कैयौँ मान्छेको ज्यान लिन सक्ने स्थिति देखिएपछि जोखिम नमोलेको यादवको भनाइ छ । बाघ नियन्त्रणका लागि शुक्लाफाँटा निकुञ्जबाट शनिवार हिँडेको हात्ती अझै टेंढुवा पुगिसकेको छैन । हात्तीलाई राति बेलडाँडीमा बसाइएको थियो । आज पुगेपछि हात्तीको सहयोगमा बाघको खोजी गर्ने यादवले बताउनुभयो । तबसम्म स्थानीय सबैलाई सतर्क र सुरक्षित बस्न उहाँको आग्रह छ । यादवले बाघले आफूले मारेको सिनो खान फर्कने सम्भावना ८० प्रतिशत रहने गरेको जानकारी दिनुभयो ।
आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
नेपाल र भारतको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ ।
बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा सडक किनारमा रहेका तीन सयभन्दा बढी वरपिपलका चौतारी (चौपारी) काटिएको छ ।
गुल्मी जिल्लाकै कैयौँ योजना निर्माण व्यवसायीले काम नगरेर अलपत्र परेका छन् । समयमै काम नगर्ने केही निर्माण व्यवसायीका कारण समग्र क्षेत्रप्रति नै गलत दृष्टिकोणसमेत बनिरहेको छ तर गुल्मीको अग्लुङ फेदीखोला पुल चार महिनामै निर्माण व्यवसायीले सम्पन्न गरेका छन् ।
दाङको वन क्षेत्रमा डढेलोका घट्ना बढ्न थालेका छन् । सुक्खा समय सुरु भएसँगै जिल्लाका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलाका घट्ना बढ्न थालेका हुन् ।
अमेरिका, युरोपलगायतका मुलुकसँगै दक्षिण कोरिया नेपाली युवाको रोजाइको श्रम गन्तव्य हो । राम्रो कमाइ हुने भएकाले बेरोजगार मात्र होइन, स्थायी जागिर भएका पनि भाषा परीक्षा उत्तीर्ण गरी विदेश पलायन भएका उदाहरण धेरै छन् ।
आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।
रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।