• १० भदौ २०८२, मङ्गलबार

माछा मार्न गएका युवा मृत फेला

blog

शेरबहादुर सार्की 

बाजुरा, भदौ १० गते । बाजुराको बुढीगङ्गा नदीमा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको बडिमालिका नगरपालिका –२ का अन्दाजी २२ वर्षीया हिमाल महत रहेका छन् ।

मृतक गत सोमबार बिहान घरदेखि बुढीगङ्गा खोलामा माछा मार्न गएको बेला खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोमबार दिउँसो १२ बजेतिर महत माछा मार्न जानु भएको थियो । बेलुका साँझसम्म घर नफर्किपछि उहाँको आफन्तले खोजी गरेका थिए । अहिले बिहान प्रहरी स्थानीयसँगै उहाँको खोजी गर्दा उहाँ बडिमालिका –६ को नुनेपानी अर्थात मृतकको घरदेखि झण्डै तीन किलोमटिर साँफे मार्तडी सडकखण्डको नुनेपानीस्थित बुढीगङ्गा नदीको किनारामा भेटिनु भयो ।

अहिले उहाँको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । पोष्मार्टम भइरहेको छ । शव परिवारका सदस्यहरुलाई जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयो ।