साउन २८ गते राती विच्छ्यामा आएको बाढी यो विद्यालयमा पसेपछि अहिले यहाँका शिक्षकलाई विद्यार्थीहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता परेका छ ।
बैंक परिवर्तन हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन् ।
सभामुख देवराज घिमिरेले मौलिक संस्कृति जोगाउनुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको भारतीय निर्वाचन आयोग अहिले आफ्नो विश्वसनीयता र स्वतन्त्रतामाथि अभूतपूर्व प्रश्न उठ्दै आलोचनाको घेरामा परेको छ ।
कपिलवस्तु नगरपालिका ३ बाणगङ्गा नदीको रामघाटमा सोमबार बेपत्ता भएको किशोरको शव फेला परेको छ । भैसी फर्काउने क्रममा कपिलबस्तु नगरपालिका ३ डेरवाका १४ वर्षिय मोहन चौहान बेपत्ता भएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गर्नुभएको छ ।
हरेक चाडपर्वले धर्म, भाषा र जातिको अस्तित्व बोकेको हुन्छ । यसै प्रसङ्गमा तिज पनि हिन्दु महिलाको विशेष पर्वको रूपमा मनाउने गरिन्छ । तिज पर्व मनाउँदै गर्दा यसका दुई पाटाहरू धार्मिक र वैज्ञानिक पक्षलाई पनि गहन रूपमा
पूर्वीय वैदिक परम्परा तथा संस्कृतिलाई हेर्दा चाडपर्वहरूले मानव जीवनका लागि उत्साह, खुसी र ऊर्जा लिएर आएका हुन्छन् । आफन्तहरूसँग भेटघाट गर्ने र खुसी साट्ने भरपर्दो माध्यम पनि हो चाडपर्व । यी चाडबाड एकपछि अर्को ग
स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने बताउनुभएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुनः सुरुआत गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताउनुभएको छ ।
पाल्पाको रैनादेवी छहराका एक बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको छ । रैनादेवी छहरा –१, की ११ वर्षकी बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वका अवसरमा प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।