सशस्त्र प्रहरी बल नेपाल ११ नं. गण रौतहट तथा रौतहटका विभिन्न बिओपी एवं बेस क्याम्पमा कार्यरत १७ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । तस्करी गरी भित्र्याइएको सामान समात्नुको सट्टा तस्करलाई नै सुरक्षित ठाउँमा लैजान दिएको भन्दै सशस्त्र प्रहरी बल नेपालले रौतहटका दुई सशस्त्र प्रहरी नायब उपरीक्षक, तीन सशस्त्र प्रहरी निरीक्षकसहित १७ जना सशस्त्र प्रहरीलाई कारबाही गरिएको केन्द्रीय सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
टेम्केमैयुङ गाउँपालिकामा करिब तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ ।
मिक्वाखोला गाउँपालिका-५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।
रचनात्मक पत्रकारिताबारे नेपालमा लेखिएको पहिलो नेपाली पुस्तक रचनात्मक पत्रकारिता हाते पुस्तक प्रकाशन भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालाद्वारा लिखित पुस्तक यसै साताबाट उपलब्ध हुनेगरी सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ ।
बागलुङको बरेङ बजारमा डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । बजार क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।
स्थानीय तहले बजेटको अवस्था हेरेर हरेक गाउँघरमा विकासका पूर्वाधार पु¥याउने कोसिस गरिरहे पनि नागरिक भने सुविधा खोज्दै सहरतिर लाग्ने क्रम रोकिन सकेको छैन । स्थानीय तहहरूले सडक, विद्युत्, खानेपानीलगायतका सुविधा नागरिकका घर घरमा पु¥याउन हरेक वर्ष लगानी बढाए पनि नागरिकको बसाइँसराइँ भने गाउँबाट सहरतिर ओइरिने क्रम जारी छ ।
पाँच सय वर्षअघि विक्रम संवत् १५७५ मा बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा निर्माण भएको सेनवंशीय राजा मणिमुकुन्द सेनको ऐतिहासिक दरबार सङ्ग्रहालय पुनर्निर्माण गरिने भएको छ । उक्त दरबार क्षेत्र अहिले भग्नावशेषमा परिणत भएको छ । दरबारका केही भाग मात्रै ठडिएको अवस्थामा छ । ऐतिहासिक महत्व बोकेको उक्त दरबारको भग्नावशेषलाई सम्बन्धित निकायले उचित संरक्षण गर्न नसकेको गुनासो सुनिँदै आएको थियो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले खेतीपाती जोगाउन ५३ जना हेरालुको व्यवस्था गरेको छ । बाँदर, बँदेल, दुम्सीलगायतका वन्यजन्तुले खेतीपाती नष्ट गर्न थालेपछि खेतीपाती संरक्षणका लागि हेरालुको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाको सर्केगाड गाउँपालिकामा आयोडिनयुक्त नुनको अभाव देखिएको छ । अभाव भएपछि स्थानीय उपभोक्ता हाल प्रतिकेजी ५५ रुपियाँ तिरेर नुन खान बाध्य भएका छन् । बजारमा व्यापारीले ल्याएको आायोडिनयुक्त नुन प्रतिकेजी ५५ रुपियाँमा खरिद गरेर उपभोग गरिरहेको सर्केगाडका स्थानीय वसन्ती शाहीले बताउनुभयो ।
रुकुमपश्चिममा रहेको जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी छन् । भौतिक पूर्वाधार अभावमा क्षमता अनुकूलको व्यवस्थापन नहुँदा कैदीबन्दीलाई आधारभूत आवश्यकता उपयोगमा समस्या भइरहेको छ ।
बाख्रा चराउनका लागि गोठालो गएको बेला भिरबाट लडेर सल्यानमा एक युवतीको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ९ परिलेख निवासी २४ बर्षिया दिपा वली बस्नेतको बाख्रा चराउन जंगल गएको बेला भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कर्णालीमा बालबालिकाका लागि पर्याप्त कानुन बन्न सकेका छैनन् । कानुन निर्माणका लागि पहल भने भएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत नहुँदा यसअघि निर्माण थालिएका थुप्रै कानुनका मसौदा कागजमै सीमित बनेका छन् ।
सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि आवश्यक स्रोतसाधन परिचालन गरिने बताउनुभएको छ । मन्त्री पौडेलले सोमबार वीरगन्जमा
खानेपानीको अभाव भोगिरहेको यहाँको तिला गाउँपालिका–१, रारागाउँमा अहिले खानेपानी पुगेको छ । रारागाउँमा खानेपानी पुगेपछि स्थानीयलाई निकै सहज भएको छ । स्थानीय वीरबहादुर बुढाका अनुसार रारागाउँका तीन सय घरधुरी र सेरीगाउँका ३० गरी ३३० घरधुरीमा खानेपानीको चरम अभाव भइरहेको थियो । अब गाउँमा पर्याप्त खानेपानी पुगेकोमा उहाँले खुसी व्यक्त गर्दै अब सहज भएको जनाउनुभयो । अहिले छ सेकेन्डमा १० लिटर बराबर पानी आइरहेको बताइएको छ ।