• १० भदौ २०८२, मङ्गलबार

हैजा सङ्क्रमितको सङ्ख्या बढ्दै,स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल अनुगमन

blog

वीरगन्ज समाचारदाता

वीरगन्ज, भदौ १० गते । सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै त्यसका लागि आवश्यक स्रोतसाधन परिचालन गरिने बताउनुभएको छ । मन्त्री पौडेलले सोमबार वीरगन्जमा सबैभन्दा बढी हैजा  सङ्क्रमित उपचाररत नारायणी अस्पतालको अनुगमन गर्नुहँुदै मन्त्री पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक स्रोतसाधन परिचालन गरिने बताउनुभएको हो । निरीक्षण व्रmममा उहाँले बिरामीसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्था, औषधी उपचार, सेवा प्रवाह तथा उपचारमा देखिएका समस्याबारे जानकारी लिनुभएको थियो । 

हैजाको प्रकोप समुदायस्तरमै फैलिँदै गएपछि निरीक्षणका व्रmममा वीरगन्जको  नारायणी अस्पताल पुग्नुभएका मन्त्री पौडेलसँग बिरामीका आफन्तले चिकित्सकले तोकेको औषधी आफैँले किन्नु परेको गुनासो गरेपछि मन्त्री पौडेलले तत्काल सम्बन्धित पक्षलाई समस्याको समाधान गर्न निर्देशन दिनुभएको थियो ।  

मन्त्री पौडेलले राख्नुभएको जिज्ञासामा एक स्वास्थ्यकर्मीले सलाइन र इन्जेक्सन जस्ता सामग्री र अस्पतालमा उपलब्ध औषधी निःशुल्क उपलब्ध गराइएको तर केही औषधी भने बिरामीलाई किन्न लगाइएको हुन सक्ने बताएका थिए । मन्त्री पौडेलले चिकित्सकलाई भन्नुभयो, “बिरामी वा कुरुवाले कुनै पनि औषधी किन्न नपर्ने र परीक्षणको पनि कुनै शुल्क नलाग्ने अवस्था बनाउनुहोला । बिरामीलाई राज्यले दिनुपर्ने सहुलियत दिनुहोला ।”

सरकारी अस्पतालमा महामारीका बिरामीको उपचार सरकारले पूर्ण रूपमा निःशुल्क गरेको बताउनुहुँदै उहाँले महामारी प्रभावित उपचाररत अस्पतालमा औषधी र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री पौडेलले निजी अस्पतालमा समेत सरकारले परीक्षण किट उपलब्ध गराउने निर्णय गरिसकेको बताउनुभयो । झाडापखाला र हैजाको महामारी फैलनुको कारण पत्ता लगाउनका लागि स्वास्थ्य मन्त्रालयले विज्ञ, प्राविधिकसहितको टोली परिचालन गरिसकेको र उक्त टोलीले काम सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । अनुगमनपछि मन्त्री पौडेलले वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, स्वास्थ्य कार्यालयका अधिकारी र अन्य सरोकारवालासँग हैजा नियन्त्रणका लागि भइरहेका प्रयासबारे जानकारी लिनुभएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्जमा सोमबार साँझसम्म सङ्व्रmमितको सङ्ख्या ९३ पुगेको छ । नारायणी अस्पतालमा ३२ जना, तराई अस्पतालमा ३२ जना, नेसनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मङ्गलम प्याथोलोजीमा तीन÷तीन जना, अली अर्थो अस्पतालमा दुई जना र अन्य केही अस्पतालमा एक÷एक जना सङ्व्रmमित पुष्टि भएका हुन् ।  सङ्व्रmमण तीव्र रूपमा फैलिँदै गएपछि नारायणी अस्पताललगायत अन्य निजी अस्पतालमा समेत बिरामीको चाप बढिरहेको छ । 

रौतहट जिल्लाको गौरस्थित प्रादेशिक अस्पतालबाट दुई जना चिकित्सक र तीन जना स्वास्थ्य सहायकसहितको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोली वीरगन्ज आएर झाडापखाला र हैजा नियन्त्रणका लागि खटिएको छ । प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगन्जमा झाडापखाला र हैजाका बिरामी सङ्ख्या बढ्न थालेपछि आवश्यक स्वास्थ्य सहायताका लागि टोली पठाइएको बताउनुभयो ।