सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ ।
म्यान्मारमा शक्तिशाली भूकम्पका कारण उद्धार कार्य र अन्य राहत कार्यमा सहयोग पुर्याउन यहाँको एक सशस्त्र विद्रोही समूहले आइतबारदेखि लागु हुने गरी दुई साताका लागि आंशिक युद्धविरामको घोषणा गरेको छ ।
जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षणका लागि चैते धान रोपेको जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
मुस्ताङ, चैत १७ गते । मुस्ताङको जोमसोमबाट वारागुङ मुक्तिक्षेत्रको कागबेनी, झोङ, पुटाक, छेङ्गुरहुँदै मुक्तिनाथ प्रस्थानका लागि साइकल यात्रामा निस्किएका इजरायली पर्यटक । तस्बिर : रासस
शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६०० ले बढेर एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
विश्व बैँकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गर्नुभएको छ ।
नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ६०३ जना लाभान्वित भएका छन् ।
इतिहासविद् तथा शिक्षा सेवी लीलाबहादुर तुम्बाहाम्फेको ‘याक्थुङ साप्मुन्धुमः लिम्बू र लिम्बुवान इतिहास’ कृति सार्वजनिक भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चार महिनाअघि राजविराज विमानस्थलबाट रात्रिकालीन परीक्षण उडान सुरु गर्दै बुद्ध एयरको विमानबाट काठमाडौँ लाग्नुभयो ।
सरकारले टेन्डरमार्फत माग गरेको रासायनिक मल ठेकेदारले समयमा भिœयाउन नसक्दा मोरङमा मलको अभाव भएको छ । पछिल्लो एक दशकयता दक्षिणी मोरङमा गहुँभन्दा बढी बर्खे धान र
शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । जसले धेरै देशहरूमा ठुलो हताहत र क्षति पुर्याएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१, बरही टोलका ६० वर्षीय देवनारायण राय अहिले चिन्तामा डुब्नुभएको छ । उहाँका एक मात्र छोरा ३० वर्षीय प्रशान्तलाई क्यान्सर रोग लागेका कारण उपचार खर्च जुटाउने पीडाले उहाँलाई चिन्तित बनाएको हो । पायल्स रोगबाट ग्रसित प्रशान्तलाई उपचार गराउन भारतको विहारस्थित पटनाको एम्स अस्पताल लग्दा डाक्टरले छोरालाई क्यान्सर रोग लागेको बताएका थिए ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा शनिबार चैत्र कृष्ण औँसीको तिथीमा पितृ तर्पण गर्नेको थामिनसक्नु भिड लागेको थियो ।