नेपाल तेक्वान्दो सङ्घको आयोजानमा चौथौ एनटिए लिग बिहीबारदेखि सुरु हुने भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउनसरकारको ध्यानाकर्षण गराएको छ ।
मङ्गलबार स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा कार्यालयको सेवाप्रति नागरिकले प्राप्त गरेको सन्तुष्टिलाई थप व्यवस्थित गर्दै प्रभावकारी सेवा प्रवाह गर्ने प्रजिअ सेढाइँले प्रतिवद्धता जनाउनुभएको हो ।
सङ्घीय संसदको संसदीय सुनुवाइ समिति सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएको छ। उहाँले सभापति पदबाट विशेष कारण देखाउँदै राजीनामा दिनुभएको हो।
नवलपुरको कावासोतीमा एउटा पोथी गैँडा मृत फेला परेको छ । कावासोती –१५ मा रहेको गुन्द्रही ढकाहा सामुदायिक वनमा पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ । यस गाउँमा काठले बनेको मात्रै घरहरु छन् । जसले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
धरान उपमहानगरपालिकामा मोटरसाइकल र अटोरिक्सा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तीन सातासम्म बन्द भएर खुलेको बाह्रबिसे–तातोपानी सडकमा पहिरो गएपछि फेरि बन्द भएको छ ।
पारी पारी आएका ढाका टोपी लाएका, तिनै होलान हाम्रा बाबा लिन आएका’ गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तिज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमापुस्ताको तिजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन । अहिलेजस्तो सञ्चारको सुविधा थिएन । छोरीलाई विवाह गरेर टाढा–टाढा पठाइएको हुन्थ्यो । तिजको अवसरमा छोरीलाई बुबा वा दाजुभाइ लिन जाने चलन हुन्थ्यो।
बाजुराको बुढीगङ्गा नदीमा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको बडिमालिका नगरपालिका –२ का अन्दाजी २२ वर्षीया हिमाल महत रहेका छन् ।
नेपाली कांग्रेसले सांसद ईश्वरीदेवी न्यौपानलेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
बागलुङदेखि पाङ अदुवाबारी जोड्ने गण्डकी गोल्डेन ब्रिजको तल रहेको अकाल मन्दिरनजिक लहरै छ बङ्गुर पालन फार्म । गोर्खा घर भई बागलुङ बस्दैआएका कमलबहादुर थापा मगरले त्यही फार्ममा दैनिक व्यस्त हुने गर्नुभएको छ ।
साविक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई ३–२ गोलले हरायो ।
नेपाल‐भारतका सुरक्षाकर्मीबिच भएको डिआइजी स्तरीय सीमा समन्वयात्मक बैठक दार्चुलाको खलङ्गमा सम्पन्न भएको छ ।