• १० भदौ २०८२, मङ्गलबार

तेक्वान्दो लिग बिहीबारदेखि

blog

तेक्वान्दो लिगबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, भदौ १० गते । नेपाल तेक्वान्दो सङ्घको आयोजानमा चौथौ एनटिए लिग बिहीबारदेखि सुरु हुने भएको छ ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने क्योरुगी र पुम्से दुवै विधाको लिगमा देशभरबाट पाँच सय ४५ महिला र नौ सय ५० पुरुष गरी एक हजार चार सय ९५ खेलाडीको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक भानबहादुर चन्दले जानकारी दिनुभयो ।

भदौ १५ गतेसम्म चल्ने लिगमा वरीयता प्राप्त खेलाडीले कुल ७२ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने बताइएको छ । नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता महत्वपूर्ण हुने सङ्घले विश्वास गरेको छ ।