सुदूरपश्चिम प्रदेश सरकारले जीवनाशक विषादी व्यवस्थापन ऐन ल्याउने तयारी गरेको छ । जीवनाशक विषादीको बिक्रीवितरण, भण्डारण र व्यावसायिक प्रयोगको नियमन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभाव नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्ने उद्देश्यले सरकारले ऐन ल्याउन लागेको हो । यो ऐन बनाएर प्रदेशमा विषादी छर्कने व्यवसायीलाई इजाजत दिने, नवीकरण गर्ने जस्ता कार्यलाई व्यवस्थित बनाइने जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो ।
सिन्धुली जिल्लामा ग्रामीण क्षेत्रका किसानलाई जङ्गली जनावरबाट आफूले उत्पादन गरेको बाली जोगाउन सकस परेको छ । जङ्गलछेउमा रहेका आफ्नो खेतबारीमा उत्पादन गरेको सिजन अनुसारको बाली जङ्गली जनावरले आएर खाएर तथा उफ्रेर नष्ट गर्दै आएको किसानको गुनासो छ । सुनकोशी गाउँपालिका–७, नागिका किसान वीरबहादुर लामा त्यस क्षेत्रमा बाँदर, दुम्सी, बँदेललगायतका जङ्गली जनावरले किसानलाई धेरै दुःख दिँदै आएको बताउनुहुन्छ ।
कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा भएको छ ।
एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ ।
स्थानीय समुदायको सक्रियतामा सुरु भएको पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२, मनरीस्थित थारू सांस्कृतिक पार्कले अहिले व्यापकता पाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
अविरल वर्षाका कारण कर्णाली राजमार्गको जुम्ला–कालिकोट सडक खण्डअन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित सडक भत्किएको छ ।
नेपालको संविधानले तीन तहको सरकार हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गरेको छ । तीन तहकै सरकारका आआफ्नै जिम्मेवारी र अधिकार छन् । केन्द्रमा सङ्घ, सात प्रदेशमा प्रदेश र ७५३ स्थानीय सरकार छन् । स्थानीय तहको संरचना विभिन्न वडाले बनेको छ । वडाको संरचना सर्वसाधारण नागरिकसँग प्रत्यक्ष जोडिएको हुन्छ । वडा संरचनाको मुख्य सचिवालय वडा कार्यालय नै हो । वडासचिव कार्यालय प्रमुख रहने व्यवस्था छ । उनकै नेतृत्वमा वडा प्रशासन सञ्चालन हुन्छ ।
सङ्गठित अपराधका रूपमा रहेको अवैध सम्पत्ति आर्जन र त्यसको गलत उपयोगका कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तहमा पार्ने प्रभाव न्यूनीकरण गर्न विश्वस्तरबाट पहरेदारीका लागि सन् १९८९ मा विभिन्न मुलुक मिलेर वित्तीय निगरानी कार्यदल (एफएटिएफ) गठन गरिएको छ । यस