जिल्लामा पछिल्लो आठ वर्षमा कृषियोग्य जमिनको उपयोगिता बढेको छ । सुविधाका लागि शहरमा बसाइसराई गर्ने प्रचलनले गाउँघर रित्तिने र उर्वरभूमि बाँझिने क्रम बढिरहेका बेला व्यवसायिक कृषि उत्पादनमा किसानले जमिनको उपयोग बढाएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना बागलुङको तथ्याङ्कले देखाउँछ ।
अवैधानिक स्रोतबाट आर्जन गरेको सम्पत्तिलाई विभिन्न विधि, पद्धति र संस्था प्रयोग गरेर वैधानिक स्रोतबाट आर्जन गरेको सम्पत्तिको स्वरूपमा रूपान्तरण गर्ने कार्यलाई सम्पत्ति शुद्धीकरण भनिन्छ । वैधानिक स्रोतबाट आर्जित सम्पत्तिलाई हातहतियार तथा खरखजाना खरिदबिक्री तथा अन्य आतङ्कवादी क्रियाकलापमा लगानी गर्ने कार्यलाई आतङ्कवाद वित्तीयकरण भनिन्छ । सम्पत्ति शुद्धीकरण र आतङ्कवाद वित्तीयकरणबिच प्रमुख भिन्नता स्रोत र प्रयोजनको रहेको छ । सम्पत्ति शुद्धीकरण प्रक्रिया
पश्चिम गुल्मीका किसानहरु यतिवेला मकै थन्क्याउन व्यस्त हुन थालेका छन् । यहाँका किसानहरु मकैलाई मुख्य खाद्यवाली र आयआर्जनको स्रोत रुपमा कृषिलाई लिने गरेका छन् । किसानहरु अहिले बारीको मकै भाँच्ने, छोडाउने र सुकाउने काममा व्यस्त छन् ।
१. विसं २०८१ को मदन पुरस्कार विजेता स्रष्टा को हुन् ? छुदेन काविमो (औपन्यासिक कृति : उरमाल) – उरमाल उपन्यासले दार्जिलिङको चिया बगान क्षेत्रका महिला श्रमिकको सांस्कृतिक र ऐतिहासिक यथार्थलाई जीवन्त रूपमा उद्घाटित गरेको । – सीमापारि (कालिम्पोङ, भारत) का लेखक काविमोको पुस्त
भूमि समस्या समाधान आयोग सप्तरीले कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । आयोगले जिल्लाका विभिन्न पालिकामा निस्सा वितरण र पुर्जा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो ।
राष्ट्रिय जनसङ्ख्या नीति १. नेपालले भोग्दै आएको जनसङ्ख्या सम्बद्ध चुनौती प्रस्तुत गर्दै राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ ले निर्धारण गरेका उद्देश्य र नीति उल्लेख गर्नुहोस् । निश्चित भूगोलमा निश्चित समयावधिमा बसोबास गरेका मानिसको सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ । जन्म, मृत्य र बसाइँसराइका कारण यो परिवर्तन भइरहन्छ । यो कुनै पनि मुलुकको शासन सञ्चालनका विविध आयामसँग सम्बन्धित हुन्छ । मुलुकको परिवर्तित शासकीय परिवेश र आधुनिक युगसापेक्ष जनसङ्ख्यासम्बन्धी सवालमा दृष्टिको
‘लियो मिस तिज’ सैनामैनाको तेह्रौँ संस्करणको उपाधि मोनिका खड्काले जित्नुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गिया निवासी खड्काले उपाधिसँगै २५ हजार रुपियाँ, क्राउन, ट्रफी, प्रमाणपत्र र अन्य आकर्षक उपहार प्राप्त गर्नुभयो ।
अविरल बर्सातका कारण रेसुङ्गा नगरपालिका–६ हर्राचौरका ४३ वर्षीय सूर्यप्रसाद आचार्यको गोठ भत्किएर एउटा भैंसी र पाडो मरे । आचार्यको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठ अविरल बर्सातको कारणले भत्किएको थियो ।
सञ्चालनमा आएको साढे तीन वर्षसम्म नियमित व्यावसायिक सञ्चालनमा आउन नसकेको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे सरकारले थप छलफल अघि बढाएको छ । अर्बौं रुपियाँ लगानी गरेर विमानस्थल निर्माण गरिए पनि सञ्चालनका लागि आवश्यक कार्यालय स्थापनामा भएका प्रगति र उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले अघि सारेको कार्ययोजनाबारे मङ्गलबार अर्थ मन्त्रालयमा छलफल भएको हो ।
तिजको समयमा महिला व्रत बस्ने र फलफूल खाने भएपछि दाङमा केराको माग बढेको छ तर जिल्लामा पर्याप्त केरा उत्पादन नहुँदा व्यवसायीलाई पु¥याउन समस्या भएको छ । यो अवस्थामा चाडपर्वमा भारतीय केराको भर पर्नुपर्ने बाध्यता रहेको व्यवसायी भरत विक बताउनुहुन्छ । अन्य समयमा जिल्लाकै उत्पादनले बजार धान्ने गरे पनि चाडपर्वको समयमा भारतबाट मगाउनैपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
भोटेकोशी–१ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको (बे्रकथ्रु) छ । आगामी फागुनभित्र ४४ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।
ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६, घोराखोरीमा आगामी असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने भएको छ । जिल्लाको पश्चिमी क्षेत्रका भूगोललाई प्रशासनिक सेवा प्रदान गर्ने उद्देश्यले कार्यालय सञ्चालन हुने भएको छ ।
कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता र नरहरिनाथ गाउँपालिकालाई लक्षित गरेर प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ का लागि रास्कोटमा इप्रका स्थापना गर्न लागिएको हो ।
रौतहटको गौर नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै मङ्गलबारदेखि कित्ताकाट खुलेको गौर नगरपालिकाले जनाएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा सरकारले साढे ३० अर्ब रुपियाँ ऋणबापतको सावाँ भुक्तान गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा सरकारले आन्तरिक ऋणबापतको २७ अर्ब १० करोड रुपियाँ र वैदेशिक ऋणबापत तीन अर्ब ४५ करोड रुपियाँ भुक्तान गरेको हो ।