• ११ भदौ २०८२, बुधबार

त्रियासी जना विपन्न छात्रालाई शैक्षिक सामग्री वितरण

blog

मन्थली (रामेछाप),  भदौ ११ गते ।  मन्थली नगरपालिका–१ का समाजसेवी श्याम सुवेदीले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्ययनरत ८३ विपन्न छात्रालाई नगद तथा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ । 

हरितालिकाको अवसर पारेर उहाँले एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।   ‘जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम’ अन्तर्गत मन्थली मावि मन्थलीका ३५, भैरवी मावि सुनारपानी, सेतीदेवी मावि सालु र  शिद्धेश्वर मावि गैराथोकका १०–१०, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका छ जना र तामाकोशी  क्याम्पस  खिम्तीका १२ जना गरी ८३ जनालाई नगदसहित विद्यालय शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।

 मन्थली क्याम्पसका छ र खिम्ती क्याम्पसका १२  छात्रामध्ये मन्थलीका दुई र खिम्तीका चार गरी छ जनालाई रु १८ हजार नगदसहित ट्रयाकसुट, झोला प्रदान गरिएको थियो भने मन्थली र खिम्ती क्याम्पसका क्रमशः चार र आठ छात्रालाई  ट्रयाकसुट, झोला र एक वर्षलाई सामग्री प्रदान गरिएको थियो । 

त्यसैगरी, मन्थली माविका ३५ छात्रामध्ये १० जनालाई नगद रु १० हजारसहित नगद छात्रवृत्ति र २५ जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो भने भैरवी मावि, सिद्धेश्वर मावि र सेतीदेवी माविका १०–१० छात्रामध्ये तीन–तीन जनालाई रु १० हजारसहित र सात–सात जनालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको सुवेदीले राससलाई बताउनुभयोे । उहाँले मन्थली नगरपालिका–१३ को हर्रेचिण्डे मावि,  वडा नं ६ को सिद्धेश्वर आवि र वडा नं २ को कालिका आविका छात्रालाई पनि  विद्यालय पोशाक प्रदान गरिने बताउनुभयो । रासस