• १० भदौ २०८२, मङ्गलबार

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन तालिका सार्वजनिक

blog

काठमाडौँ, भदौ १० गते।सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक भएको छ।सङ्घीय संसद्को प्रतिनिधि सभाका सचिव हर्कराज राईले मङ्गलबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुभएको हो।

सचिव राईका अनुसार सभापति पदको प्रस्ताव मङ्गलबार ४ बजेसम्ममा दर्ता गरिसक्नुपर्नेछ।प्रतिनिधि सभाको सचिवालयले सभापति पदका उम्मेदवारको सूची मङ्गलबार ४ः१५ बजे प्रकाशित गर्नेछ।

सचिव राईका अनुसार बुधबार राज्य व्यवस्था  तथा सुशासन समिति बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णय प्रस्तुत गर्ने समय दिउँसो ३ बजेका लागि तोकिएको छ।

सत्ता गठबन्ध दल कांग्रेस र एमालेबीच सहमति भएकाले राज्य व्यवस्था समिति सभापतिमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेको मात्र दाबी पर्ने देखिन्छ।