नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल प्रविधिमार्फत विकास निर्माणको काम सुरु गरेको बताउनुभएको छ । आज यहाँ आयोजित ३४ औं ए.डब्लु.जे कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताउनुभएको छ ।
नेकपा एमाले धनकुटाले आज धनकुटामा बृहत् मोटरसाइकल र्याली निकालेको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आइतबार साँझ बाघको आक्रमणबाट आठ वर्षीय बालकको ज्यान गएको छ । मृतक बालकको नाम बिजय रावत रहेको स्थानीयले बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित भएको छ ।
मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नं. ५ ले जितेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पुतलीबजार नगरपालिका–११ जाँडखोला उनियाचौर माझीडाँडा जङ्गलमा अवैध हतियार, मृत अवस्थामा रहेको पोथी रतुवासहित दुई जनालाई पक्राउ गरेको छ ।
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाउनुभएको छ ।
सर्वोच्च अदालतले वर्तमान प्रमुखको बर्खास्तीलाई रोकेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व नौसेना कमान्डर एली शर्भितलाई आन्तरिक सुरक्षा निकायको प्रमुखका रूपमा नियुक्त गर्नुभएको उहाँको कार्यालयले सोमबार जनाएको छ ।
पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
जहाज मर्मतका कारण साढे तीन महिनादेखि अवरुद्ध रेसुङ्गा विमानस्थलको हवाई उडान सुरु भएको छ । रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्दैआएको थियो ।
नवलपरासीको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीदेखि मुक्तिनाथसम्मका लागि सोमबार धार्मिक रथयात्रा प्रस्थान गरेको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ध्यानाकर्षणपत्र बुझाएको छ।