विश्व स्क्वास एक प्रतिष्ठित नाम बोर्खा गोलान नेपाल आउनुभएको छ । विश्व स्क्वास वरीयतामा पाँचौँ स्थानमा रहिसकेका बोर्खा गोलान नेपाली खेलाडीलाई प्रशिक्षण दिन नेपाल आउनुभएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरुभएको छ । आजको बैठकले प्रधानमन्त्रीको मंगलबारदेखि हुने थाइल्याण्ड भ्रमण र गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा मारिएका पत्रकार सुरेश रजक तथा सविन महर्जनका बारेमा केही निर्णय लिने आशा गरिएको छ ।
सुदुरपश्चिम प्रदेश, गोदावरी नगरपालिकाले विपतको समयमा प्रजनन् स्वास्थ्य अधिकारका सेवाबाट कोही बञ्चित नहोस् भन्ने लक्ष्यले विभिन्न संस्थासँगको सहकार्यमा गाउँ–गाउँमा समूह गठन गरी प्रजनन् अधिकारका क्षेत्रमा काम गरिरहेको छ ।
नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा आज जागरण सभा आयोजना गरेको छ । एमालेले आज देशव्यापी रुपमा सो जागरणसभा आयोजना गरेको हो । यसैगरी काठमाडौंको तीनकुने क्षेत्रबाट सोमबार निकालिएको मोटरसाइकल ¥याली भक्तपुरमा गएर समापन भएको थियो ।
बागमती प्रदेश सरकारले बागमती प्रदेशको क्यालेन्डरमा चार सार्वजनिक बिदा समावेश गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सोमबार भेट्नुभएको छ ।
महोत्तरीमा बालिकामाथि बलात्कार गरिएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार जलेश्वर नगरपालिका ३ सुगामा आफन्तबाटै बालिका बलात्कृत भएकी हुन् ।
नेवाः गुथि न्यूयोर्क र सम्पदा संरक्षण महाअभियानले सोमबार पाटन सङ्ग्रहालयको भण्दाक्यबमा विश्व नेवाः दिवस मनाइएको छ ।
पूर्व राजाको पक्षमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । त्रिविका मतदान अधिकृत डा. अवतार सुवेदीका अनुसार कुल मतदाता छ हजार १४६ मध्ये तीन हजार ११८ मत खसेको छ ।
चीनको ‘नेसनल अफसाेर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठुलो तेल खानी पत्ता लगाएको जनाएको छ ।
हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० लाखभन्दा बढी गाजावासीलाई इजिप्ट र जोर्डनजस्ता छिमेकी देशमा स्थानान्तरण गर्ने योजनाविरुद्ध लड्न आह्वान गर्नुभएको छ ।
दाङको दङ्गीशरण –३ स्थित माया खोलाको ढिकमा किसानहरूले रोपेको खुर्सानी लटरम्म फलेको छ । दङ्गीशरण वडा नम्बर ३ हेकुलीकी सुरमानी चौधरीले माया खोलाको ढिकमा रहेको एेलानी जग्गामा लटरम्म खुर्सानी फलाउनुभएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही चैत २६ र २७ गते हुने गुल्मी कांग्रेसको तेस्रो सम्मेलनलाई सम्बोधन गर्नुहुने भएको छ ।
नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा काठमाडौँको तीनकुने क्षेत्रमा जागरण सभा आयोजना गरेको छ । एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार तीनकुने क्षेत्रको भेलालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेछ ।