सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपुर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्ध गराउन फेरि रेडियो नेपालको भूमिका अहम हुने बताउनुभएकोछ ।
यही चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रर्दशनमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई निशाना बनाएको घटनाको विषयमा नेपाल पत्रकार महासङ्घ इलामले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
पाँचथरका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाउँदै पत्रकार हत्यामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । निर्वाचनमा विद्यार्थीको भिड हुनु पर्नेमा गैरमतदाता अर्थात विभिन्न राजनीति दलका नेताहरुको भिड लागेको छ ।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारको योजनाबद्ध हत्या, सञ्चारगृह तथा पत्रकारमाथि भएका आक्रमण र आगजनीको विरोध गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेकपा (एमाले) तनहुँले सोमबार दमौलीमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ ।
पाँचथरको हिलिहाङ ७ का बिरबहादुर योङयाको हत्यापछि फरार रहेको आरोपमा प्रहरीले हिलिहाङ ७ का ७२ वर्षीय लक्ष्मीप्रसाद योङयालाई पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य स्वर्गीय रामदेव महतोको परिवारलाई कांग्रेस नेताहरूले आर्थिक सहयोग प्रदान गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले इद (इद–उल–फित्र) पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै पर्वहरूले मित्रता र आपसी सद्भाव वृद्वि गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
मिनि ट्रकको ठक्करबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताउनुभएको छ ।
आगामी नयाँ शैक्षिक सत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनीमा पुगेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको रिहाइको माग पनि गरेका छन् ।
पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरिएको र सञ्चारगृहमाथि आगजनी गर्नेलाई कारबाही गर्न माग गर्दै नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।