पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माणको कामलाई गति दिन निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजतन्त्र फर्काउने बहानामा उदण्ड मच्चाउने जोकोही कारबाहीको दायरामा आउने बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सबै स्थानीय निकायहरूलाई ब्रोडब्यान्ड कनेक्टिभिटीद्वारा जोड्ने र आइटीलाई उद्योगको रूपमा स्थापित गर्ने मन्त्रालयको तयारी रहेको बताउनुभएकोछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपुर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्ध गराउन फेरि रेडियो नेपालको भूमिका अहम हुने बताउनुभएकोछ ।
यही चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रर्दशनमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई निशाना बनाएको घटनाको विषयमा नेपाल पत्रकार महासङ्घ इलामले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
पाँचथरका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाउँदै पत्रकार हत्यामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । निर्वाचनमा विद्यार्थीको भिड हुनु पर्नेमा गैरमतदाता अर्थात विभिन्न राजनीति दलका नेताहरुको भिड लागेको छ ।
नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारको योजनाबद्ध हत्या, सञ्चारगृह तथा पत्रकारमाथि भएका आक्रमण र आगजनीको विरोध गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेकपा (एमाले) तनहुँले सोमबार दमौलीमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ ।
पाँचथरको हिलिहाङ ७ का बिरबहादुर योङयाको हत्यापछि फरार रहेको आरोपमा प्रहरीले हिलिहाङ ७ का ७२ वर्षीय लक्ष्मीप्रसाद योङयालाई पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य स्वर्गीय रामदेव महतोको परिवारलाई कांग्रेस नेताहरूले आर्थिक सहयोग प्रदान गरेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले इद (इद–उल–फित्र) पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै पर्वहरूले मित्रता र आपसी सद्भाव वृद्वि गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
मिनि ट्रकको ठक्करबाट एक जना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताउनुभएको छ ।
आगामी नयाँ शैक्षिक सत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनीमा पुगेको छ ।