कतार सरकारले विभिन्न कसुरमा सजाय पाएका १८ नेपालीलाई आममाफी दिएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारले रमदान र इदको अवसरमा थुप्रै आप्रवासीलाई आममाफी दिएकोमा १८ जना नेपालीले यो अवसर प्राप्त गरेका हुन् ।
सर्लाहीमा सिँचाइ सुविधा रहेको क्षेत्रका किसानले धमाधम चैते धान रोप्न सुरु गरेका छन् । कुलो तथा नहरको पानी लाग्ने र पम्पसेटबाट पानी आउने क्षेत्रमा चैते धानको रोपाइँ सुरु भएको हो ।
आन्तरिक उडान र केही चार्टर उडानमा सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पहिलो व्यावसायिक उडान भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रूपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आबद्ध अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या एक हजार ६३९ पुगेको छ ।
पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै महिलाको पनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पाँच वर्षको तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बर्सेनि वृद्धि भएको देखाएको हो ।
पछिल्लो चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपियाँसम्म बढेको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का १८ वटा आङ्गिक क्याम्पसमा बुधबारभित्र निर्वाचन गर्न नसके दुई वर्षका लागि स्वतन्त्र विद्यार्थी युनियन खारेज हुने भएको छ ।
प्रतिनिधि सभामा विचाराधीन भएको दुई वर्षपछि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी विधेयक पारित भएको छ । समितिको प्रतिवेदन सभामा पेस भएको करिब एक वर्षपछि विधेयक पारित भएको हो । समितिको प्रतिवेदन अनुसारै विधेयक पारित भएको छ । पारित विधेयक अब माथिल्लो सभामा जाने छ ।
सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको पाँच वटा विधेयक राष्ट्रिय सभाले पारित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन मङ्गलबार बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाल्पा शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको सोमबार तानसेनमा सम्पन्न पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
नेपालस्थित इजरायली दूताबासले ललितपुरको नख्खुडोलमा रहेको तुलसी फाउन्डेसनमा आश्रित बालबालिका र ज्येष्ठ नागरिकहरुका लागि सोमबार विविध कार्यक्रम आयोजना गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा स्थानीय सिस्नेरी कुलेखानी खोलाको दहमा पौडी खेल्न जाँदा डुबेका तीनैजना बालकको मृत्यु भएको छ ।