सङ्घीय सरकारले देशभर २३ नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने कार्य अघि बढाएको छ । यस अन्तर्गत तनहुँको भिमाद नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय (इआप्राका) स्थापना हुने भएको हो ।
सन् १९४९ मे १५ मा दार्जिलिङमा जन्मेका नरदेन रुम्बा अत्यन्त छोटो बचाइमा सिर्जनामा अमरत्व छाड्ने स्रष्टा हुन् ।
शिक्षामा निजी विद्यालयको योगदानलाई राज्यले भुल्न नहुनेमा बागलुङका सरोकारवालाहरूले बताएका छन् ।
मुटुबिनाको शरीर कल्पना पनि गर्न सकिँदैन । सबै मानिसले सोच्छन् शरीरमा एउटा मुटु छ र त्यसमा नै सम्पूर्ण रक्तसञ्चार प्रणाली निर्भर रहेको छ । मुटु मुट्ठी आकारको हुन्छ । शरीरमा एउटा मात्र मुटु रहेको हाम्रो बुझाइ गलत छ । सिङ्गो शरीरको रक्तसञ्चार प्रणालीलाई चलायमान राख्न हामीलाई जानकारी भएको छातीभित्रको मुटुले मात्र काम गर्र्दैन । त्यस मुटुलाई सहयोग गर्न मानिसको खुट्टामा पनि अर्को एउटा मुटु रहेको हुन्छ । हामी छातीको मुटुलाई प्राथमिक र खुट्टाको मुटुलाई द्वितीय भन्न सक्छौँ ।
देशमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण बढ्दै गएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
पार्किन्सन रोगले ग्रसित बक्सिङका हस्ती मोहम्मद अलीले सद्दाम हुसेनसँग अनौपचारिक रूपमा भेट गरी १५ अमेरिकी बन्धक रिहा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बक्सिङ खेलका हस्ती, पप संस्कृतिका मेगास्टार, नागरिक अधिकारका हिमायती र बन्धक मामिलाका वार्ताकार– मोहम्मद अलीको पहिचान यतिमै सीमित छैन । रिङभित्र आफ्नो तेजस्वी उपस्थिति तथा त्यसबाहिर लोकोपकारी र सामाजिक न्यायका अभियन्ता अली अमेरिकाको एक महान् र यशस्वी खेलाडी पनि थिए ।
जुम्ली व्यापारीलाई तम्घासमा स्याउ बेच्ने चटारो परेको छ । तीजको बेला जुम्ली मिठो स्याउ बजारमा आएपछि दिदीबहिनीहरुले पनि पाहुरमा रुचाएर माइत समेत पुर्याए ।
गण्डकी प्रदेश हुँदै चीन र भारतसँग सिधा सम्पर्क जोड्ने दामाचौर कालीगण्डकी मोटरेबल ट्रस पुल अन्तिम चरणमा पुगेको छ । पुल १४ वर्षमा ९० प्रतिशत भौतिक र ८७ प्रतिशत आर्थिक प्रगति भएको हो ।
तनहुँको भिमाद नगरपालिकामा सेती नदीको कटानले जोखिममा परेका बस्तीलाई संरक्षण गर्न ग्याबिन तटबन्ध निर्माण अघि बढेको छ । विगत केही वर्षदेखि नदी कटानले भिमाद बजार क्षेत्रमा प्रत्यक्ष असर पु¥याउँदै आएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार एक कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । जलेश्वर नगरपालिका कार्यालयको वरिपरि रहेका उनीहरूलाई कुकुरले टोकेर घाइते बनाएको हो । हाल उनीहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले विद्यालयको शिक्षामा सुधार ल्याउन निकै प्रयत्न गरेको पाइएको छ । यस नगरपालिकाले यहाँ रहेका विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउन निकै प्रयत्न गर्दै आएको हो ।
“माइजू हो भनेर पैसा पठाएँ तर चोर पो रहेछ !” बुटवल योगीकुटीकी हिरा गुरुङ (नाम परिवर्तन) को भनाइ हो यो । करिब एक महिनाअघि हिरालाई उहाँकी माइजू रिता थापाको म्यासेन्जरबाट सन्देश आयो, “अत्यावश्यक परेको छ, तुरुन्तै ४९ हजार रुपियाँ पठाइदेऊ नानी !”
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
तनहुँ जिल्लामा जापानिज इन्सेफलाइटिस (जे.ई) को सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय एक पुरुषमा सो रोग देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सोमबार निवेदन दिनुभएको थियो ।