भाषा आयोगको सिफारिसअनुसार जारी भएको बागमती प्रदेश र गण्डकी प्रदेशको ऐन कार्यान्वयनका लागि सरोकारवाला पक्षहरुले दवाव दिने विषयमा छलफल गरेका छन् । काठमाडौंमा बुधबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँहरुले सो छलफल गरेका हुन् ।
वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुखसहित चार जना क्याम्पस प्रमुखकै कार्यकक्षमा थुनिनु भएको छ । महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले उहाँहरुलाई कार्यकक्षमा थुेनेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुहुने कार्यतालिका सार्वजनिक भएको छ।
पाखो खोरियाको डिलमा फरियाको छानो भएको छाप्रोमा जीवन बिताउँदै आइरहेका सुमनसिंह चेपाङ (प्रजा) को घर बन्ने भएको छ ।
वीरगन्जमा गएको शुक्रबार साँझ पुष्टि भएको हैजाको सङ्क्रमण बुधबार बिहान १० बजेसम्म आइपुग्दा जम्मा सङक्रमित एक सय १५ जना मध्येबाट ३९ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने अझै ७६ जना सङ्क्रमित विभिन्न अस्पतालमा उपचाररत छन्।
रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवानको मृत्यु भएको छ ।
पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ बुधबार विभिन्न मुलुकमा ताल दिवस मनाइएको छ।
भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु भएको छ। अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा जारी दुई दिने प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गर्नुभयो।
स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै बीमित परिवारले तोकेको समयभित्र बिमा नवीकरण नगरे थप शुल्क लाग्ने व्यवस्था गरेको जानकारी गराएको छ ।
इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहुदी विरोधी आक्रमणको पछाडि तेहरानको हात रहेको भन्ने अस्ट्रेलियाको आरोपलाई मङ्गलबार खारेज गरेको छ ।
सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी गराउनुभएको हो।
सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।