काठमाडौँ, चैत १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जीवित कुमारी देवीको दर्शन गर्नुभएको छ । काठमाडौँको वसन्तपुरमा पुगेर उहाँले सोमबार बिहान कुमारी देवीको दर्शन गर्नुभएको हो ।
ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले चार महिनायता आफ्नो ग्रामीण अल्ट्रासाउन्ड हुन नपाएको गुनासो गर्नु भएको छ । प्रत्येक दुई महिनामा गर्नु पर्ने सो कार्य गत पुस महिना पनि हुन नपाएको गुनासो गर्भवती महिलाको रहेको हो ।
गिठा, कन्दमूल, बेल, सिता फल, हलुवाबेद, चुत्रो, ऐँसेलु, मछाइनु, लेकाली कालो ऐँसेलु, काफल, डाले चुक, तिमिलो लगायतका जङ्गली खाद्य फलको उपयोग नहुँदा खेर जाने गरेका छन् । जङ्गली खाद्य फलबाट जाम, जेली र जुस बनाउन सकिने सम्भावना भए पनि उपयोग हुन सकेको छैन ।
पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएका हुन् ।
नेपालमा साहित्यिक पत्रकारिताको इतिहास समाचार पत्रकारिता (गोर्खापत्रको प्रकाशन १९५८ वैशाख) कोभन्दा तीन वर्षले पुरानो अर्थात् जेठो छ । १९५५ साउनमा ठहिँटी कामाडौँबाट पण्डित नरदेव र मोती
मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ भएर बग्ने खुद खोलामा निर्माणाधीन २६ मेगावाट क्षमताको सुपर खुदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा नसमेटेको भन्दै वडा नं. ९ का बासिन्दा आन्दोलित भएका छन् ।
इलामको नाम सुन्नासाथ आँखाअगाडि चिया बगानको मनै लोभ्याउने दृश्य घुम्न थाल्छ । कन्याम, अन्तु र चिया बगान घुम्न बर्सेनि हजारौँ पर्यटक इलाम आइपुग्छन् । पर्यटकले आफूसाथ चिया, घिउ, अकबरे खुर्सानी, मह, अदुवाको अचार, अलैँची आदि लिएर जान्छन् । बालबालिकाको रोजाइमा भने इलामको छुर्पी र ललिपप पर्ने गरेको छ ।
कल्पना खरेलनवलपरासी पश्चिम चैत १८ गते । नवलपरासी पश्चिमको विभिन्न सीमा नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २२ लाख बराबरको पशुजन्य पदार्थ बरामद भएको छ । चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा यो अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र पशु क्वारेनटाइन चेक पोस्टको टोलीले उक्त बराबरको पशुजन्य पदार्थ बरामद गरेको हो ।बरामद भएका पशुजन्य पदार्थमा सबैभन्दा बढी तयारी बोइलर कुखुरा ११ लाख जतिको छ । उक्त अवधिमा विभिन्न नाकाबाट १ हजार ८४२ जिउ कुखुरा बरामद भएको पशु क्वारेनटाइन चेक पोस्टका पशु चिकित्सक मनोज अधिकारीले जानकारी दिनुभयो । त्यसै गरी उक्त अवधिमा ७ लाख ५६ हजार बराबरको ७ हजार ५६० जिउ कुखुराका चल्ला, २ लाख ६ हजार बराबरको ८२५ केजी माछा र १ लाख २० हजार बढीको ६१ केजी टर्कीको मासु बरामद भएको छ ।सोही अवधिको आठ महिनामा विभिन्न व्यक्तिहरूलाई पक्राउ गरी ३ लाख १४ हजार जरिवाना गरिएको अधिकारीले जानकारी दिनुभयो । यसैबिच गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाबाट चोरी निकासी हुँदै गरेको अवस्थामा करिब ३० लाख बराबरको पशुजन्य पदार्थ बरामद भएको थियो ।बरामद हुनेमा १९ लाख बराबरको ३ हजार १७३ जिउ तयारी कुखुरा, ६ लाख बराबरको ६ हजार जिउ चल्ला, ४ लाख ५० हजार बराबरको १ हजार ७६० केजी माछा र १८ हजार बराबरको अण्डा रहेको पशु क्वारेनटाइन चेक पोस्टले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया पुग्ने जोसुकैलाई पेडाले आकर्षित गर्छ ।
काठमाडौँको गोकर्णेश्वर नपा ५ बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका ८ स्थायी घर भई गोकर्णेश्वर नगरपालिका ५ बाहुनधारा बस्ने वर्ष १९ को राहुल साहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
मने र उसको भाइबिच अंशबण्डा भई भिन्दाभिन्दै बसेका पनि आठ वर्ष वितिसकेको थियो । दाजुभाइबिच अंशबण्डा भई भिन्दै बसे पनि उनीहरूबिच असाध्यै मायाप्रेम थियो । एकअर्कामा लेनदेन, सरसहयो
पुष्कर भण्डारी डडेलधुरा, चैत १८ गते । जिल्ला सदरमुकामको टुँडिखेलमा सम्पन्न द्वारिकादेवी ठकुरानी स्मृति प्रदेश अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि चुरे गाउँपालिका कैलालीले जितेको छ । आइतबार अपराह्न भएको फाइनल खेलमा नौगाड गाउँपालिका दार्चुलालाई हराउँदै चुरेले उपाधि जितेको हो । उपाधिसँगै चुरेले एक लाख १११ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।चुरेले फाइनलमा नौगाडलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको आयोजक जिल्ला भलिबल सङ्घ डडेलधुराका अध्यक्ष राजेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । उहाँका अनुसार द्वितीय भएको नौगाडले ५१ हजार एक सय ११ रुपियाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।प्रतियोगितामा अमरगढी नगरपालिका डडेलधुरालाई हराउँदै डडेलधुराकै परशुराम नगरपालिका तृतीय भयो । परशुरामले २५ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष ठगुन्नाले बताउनुभयो ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको पाँच लाख रुपियाँ बजेटमा जिल्ला भलिबल सङ्घ डडेलधुराले शुक्रवारदेखि अमरगढी नगरपालिका ४ टुँडिखेलमा प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा डडेलधुराका तीन, बैतडी, दार्चुला र कैलालीका एक एक गरी ६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको समापनमा बोल्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जिल्लामा खेल मैदानको आवश्यकता रहेको उल्लेख गर्दै आउँदो बजेटमा खेल मैदान निर्माणका लागि रकमको सुनिश्चित गर्ने बताउनुभयो । यस अघि भएको अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा आफू उपस्थित भएको र खेल क्षेत्रमा महिलाको विकासका लागि यस वर्ष पाँच लाख रकमको योजना बनाई प्रतियोगिता सञ्चालन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।भलिबल इनडोर खेलिने प्रतियोगिता हो । उहाँले भन्नुभयो, हाम्रो जिल्लामा इनडोर खेलाउन आवश्यक पूर्वाधार छैन । तर पनि हाम्रा युवतीलगायत युवाहरू भलिबल खेल तर्फ निकै आकर्षित छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीहरू पनि यस जिल्लाले जन्माएको छ । आगामी बजेट आउँदासम्म म राज्यमन्त्रीमा भए पनि नभए पनि भलिबल खेलकालागि आवश्यक पूर्वाधार निर्माण गर्न रकमको माग गर्ने छु । हामी सबैले खेल मैदान निर्माणका लागि आ आफ्नो क्षेत्रबाट पहल गरौँ । मेरो यही आग्रह छ ।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नेपाल सरकारको नारा नै रहेको उल्लेख गर्दै उहाँले युवालाई खेलकुदमा जोड्न सके लागु पदार्थ दुर्व्यसनी र आपराधिक घटनाबाट टाढा राख्न सकिने बताइन । कुलतमा नलाग्न उहाँले युवाहरूलाई आग्रह गर्नुभयो ।
भाइबहिनीहरू, नेपालका हरेक ठाउँको आआफ्नै विशेषता छ । विशेष गुण हुनुलाई विशेषता भनिन्छ । त्यसैका आधारमा ती ठाउँ प्रख्यात छन् । भादगाउँले टोपी भन्नासाथ भक्तपुरलाई सम्झिन्छौँ । ढाका टोपीका लागि पाल्पाको नाम अगाडि आउँछ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
घाँस काटेर जीविकोपार्जन गर्दै आएको बाँकेको नेपालगन्ज–८ र १३ का घसियारा समुदाय, घाँस पाइन र बिक्री हुन छाडेपछि वैकल्पिक पेसा खोज्न बाध्य छन् । पुर्खाले नदीमा डुङा चलाएर जीविकोपार्जन गर्ने यो समुदायले नदीनालामा पुल पुलेसा निर्माण भएपछि उनीहरू समयको माग अनुसारको पेसा गर्न विवश भएका हुन ।