इजरायलका अनुसन्धानकर्ताले वनजङ्गलमा लाग्ने आगोको जोखिम पहिचान गर्न देश र क्षेत्र अनुसार अनुकुलन गर्न सकिने कृत्रिम बुद्धिमत्तामा (एआई) आधारित नयाँ विधि विकास गरेका छन् ।
सातदोबाटाेस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजले स्टुडेन्ट एफसीलाई ४–० गोलले हरायो ।
मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (ओएचसिएचआर)ले गाजा पट्टीमा पत्रकारको हत्या विश्वलाई स्तब्ध पार्ने घटना भएको र यसले जवाफदेहिता तथा न्यायको माग गर्दै तुरुन्त कारबाही गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।
रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा दुई वर्षअघि ज्यान गुमाएका खोटाङका ३४ वर्षीय क्षितिज बस्नेतको काजकिरिया थालिएको छ ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको समानुपातिक सांसद हुनुहुन्छ ।
कृत्रिम बुद्धिमत्ता (एआई)ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई-सम्बन्धित व्यवसायमा रोजगारी १३ प्रतिशतले घटेको देखिएको छ ।
जिल्ला सदरमुकाम नजिक इश्वरीगङ्गाधाम जाने बाटो नजिक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
डेनमार्कका विदेशमन्त्रीले देशका शीर्ष अमेरिकी कूटनीतिज्ञलाई छलफलका लागि बोलाएपछि मुख्य राष्ट्रिय प्रसारणकर्ताले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित कम्तीमा तीन व्यक्तिले ग्रिनल्यान्डमा गोप्य प्रभाव सञ्चालन गरिरहेको रिपोर्ट सार्वजनिक गरेको छ ।
पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेलाई मङ्गलबार जमानतमा रिहा गरिएको छ ।
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला च्याम्पियनसिप हुने भएको छ ।
जापानको युद्धकालीन खानीमा फेला परेका हड्डी मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ ।
नयाँ कानुनको पनि निर्माण गरिरहेको छ र पुराना कानुनलाई पनि आवश्यक संशोधन परिमार्जन गर्न अगाडि बढिरहेको छ । हामीले थुप्रै विधेयकहरू यसै अधिवेशनबाट पनि पारित गरेका छौँ, संशोधन गरेका छौँ । कति नयाँ पनि ल्याएका छौँ र यो सिलसिला अगाडि बढी नै रहन्छ । यो निरन्तरको सिलसिला हो ।
घोराहीमा बुधबारदेखि गोरखा कप भलिबल प्रतियोगिता सुरु भएको छ । गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुँदा राष्ट्रिय स्तरका दर्जनौँ खेलाडी वैदेशिक रोजगारीका लागि बाहिरिने क्रम ह्वात्तै बढेको छ ।
इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो जानकारी दिएका छन् ।