म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति योजना सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।
धरान-१४ स्थित विजयपुर डाँडामा रहेको पिण्डेश्वर बाबाधाम मन्दिरमा रथोत्सव सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलिकृत तुल्याउन ईद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभएको छ ।
गलकोट नगर अस्पताल बागलुङले पूर्वाधारसँगै सेवा विस्तार गरेकाे छ ।
आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ ।
मध्य तराईको बारा, पर्सा, रौतहटलगायत जिल्लाहरूमा बसोवास गर्ने इस्लाम धर्मावलम्बीले सोमबार इद उल फित्र अर्थात इद हर्षोल्लासका साथ मनाइ रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै छ ।
हिमाली जिल्लामा खेती योग्य जमिन मध्य २९ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । कतै भिरालो र त कतै सिँचाइका लागि पानीको स्रोत नभएका कारण थोरै जग्गामा मात्र सिँचाइ सुविधा पुगेको हो ।
प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरराष्ट्रिय उडानतर्फका कम्तीमा आधा दर्जन विमान डाइभर्ट भएका छन् ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–७ र ८ अन्तर्गत पर्ने बेनी बजार सुरक्षा र सुन्दरताका लागि कालीगण्डकी किनारमा सडक ढलान सोमबारदेखि सुरु भएको छ ।
अन्तरराष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।
इरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ । उहाँले इरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने बताउँदै, केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको स्पष्ट पार्नुभयो ।
बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । नेपालगञ्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा समाचारदाताको टोलीबीच आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाको टोली विजयी भएको छ । सेनाले रक्षा समाचारदाताको टोलीलाई ९–८ गोलअन्तरले पराजित गरेको हो ।