गोकर्ण दयाल
बैतडी, भदौ ११ गते । जिल्ला सदरमुकाम नजिक इश्वरीगङ्गाधाम जाने बाटो नजिक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
बुधबार २:१५ बजे गोठालापानीबाट पाटन नगरपालिका–८, खोड्पेका लागि छुटेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको छ ।
जिप सडकबाट करिब तीस मिटर तल दुर्घटनामा परि घाइते भएकाको उद्धार गरि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो ।
उहाँले घाइतेहरुको नामवली सङ्कलको काम भईरहेको बताउनुभयो । जिप चालक रोशन भट्टलाई नियन्त्रणमा लिएर विस्तृत अनुसुन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।