सन्तोष दहित
दाङ, भदौ ११ गते । घोराहीमा बुधबारदेखि गोरखा कप भलिबल प्रतियोगिता सुरु भएको छ । गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता उद्घाटन गर्दै घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिङ बुढा मगरले विद्यालयहरुले शैक्षिक क्रियाकलापसँगै निरन्तर खेल प्रतियोगिता आयोजना गर्नु सकारात्मक रहेको बताउनुभयो ।
उहाँले शैक्षिक गुणस्तरसँगै ठूलो सङ्ख्यामा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर गोरखा ग्रुपले शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।
गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य महेन्द्र अधिकारी र घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले शुभकामना दिनुभएको थियो ।
विद्यालयका प्राचार्य मानसिङ घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सन्चालन शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो । प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गत गोरखा घोराही, तुलसीपुर, लमही र भालुबाङका छात्र तथा छात्रा खेलाडीहरुको सहभागिता छ।
गोरखा ग्रुपको शैक्षिक क्यालेन्डरअनुसार तुलसीपुरमा फुटबल, घोराहीमा भलिबल र लमहीमा क्रिकेट खेल हुने सो ग्रुपले जनाएको छ।