दीपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ११ गते। वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बुधबार साँझ ६ बजेसम्म नयाँ १०६ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन्।पछिल्लो परीक्षण रिपोर्ट अनुसार हैजाको सङ्क्रमण पुष्टि हुने बिरामीको संख्या १३२ पुगेको छ ।
वीरगञ्जका विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजा पुष्टि भएका गरेर २७१ जना बिरामी उपचाररत छन्।हैजाको सङक्रमण पुष्टि भएका १३२ जना मध्ये ५६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।