सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्लाको तिनाउ–३, स्थित ड्यामसाइड र सिद्धबाबा मन्दिरको बिच भागमा शनिबार दिउँसो पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गर्नुभएको छ ।
शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको हो । अन्य दुई शव भने स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।
नुवाकोटको विदुर नगरपालिका–४ स्थित हरियाली धानखेत । जिल्ला सदरमुकाम र बाक्लो बस्तीको बिचमा स्थानीय किसानले लगाएको कृषिबालीले बजारक्षेत्रको समेत सौन्दर्ययता बढाएको छ ।
भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपत्कालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।
विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन् गर्ने ठाउँ बनेको नेपालगन्जको कान्ति तालमा मोटरबोट नचलाउन स्थानीयले दबाब दिएका छन्।
अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ ।
बाजुराको साँफे–मार्तडीअन्तर्गत पर्ने बल्दे–अम्कोट सडकको मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ । गत वर्ष लामो समयदेखि अवरुद्ध बन्दै गएको यो सडक अवरुद्ध नहुनदिने गरी सडक डिभिजन कार्यालय अछामले मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको हो ।
नवलपुरको मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाता भित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम नेपालमा नै पहिलो पटक सुरु गरिएको जनाइएको छ ।
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–५ स्थित कोशी बाँधको सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
खोटाङको दिक्तेलबजारमा वृहत् लाखे नाच प्रदर्शन गरिएको छ । जिल्ला सदरमुकाममा दिक्तेलबजार सामाजिक गुठीको आयोजनामा शनिबार विभिन्न ठाउँको लाखे नाच प्रदर्शन गरिएको हो ।
प्युठानमा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा प्युठानमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।
आँधीखोला गाउँपालिकाले प्रदेश राजधानी पोखरा पुगेर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गरेको छ। नागरिकलाई सङ्घीयताको प्रत्याभूति र घरघरमा सेवा दिने उद्देश्यले पालिकाले पोखरा महानगरपालिका–१७ बिरौटा पुगेर परिचयपत्र नवीकरण गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवम् निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे शनिबार ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल भलिबल सङ्घले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।