साहित्यकार जगमोहन शाक्य स्मृति दिवसका अवसरमा ताप्लेजुङमा स्थानीय साहित्य सर्जकले सिर्जना वाचन गरेका छन् । साहित्यकार शाक्यको स्मृति दिवस तथा १८ औँ पुस्तकालय दिवसका अवसरमा आयोजित कार्यक्रममा सर्जकले सिर्जना वाचन गरेका हुन् ।
डा. राजेन्द्र केसीद्वारा लिखित कृति ‘वैकल्पिक सोच’ लोकार्पण गरिएको छ ।
गुल्मीमा ब्याडमिन्टन संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सम्पन्न चौंथो जिल्ला अधिवेशनबाट अध्यक्षमा भरत थापा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
सनपाटको सान गुमेको छ । जुट भनेर धेरै चिनिने सनपाटको सान बढेको वा घटेको थाहा पाउन अहिले जुट खेती, उद्योगको अवस्था र आयातनिर्यात व्यापार सूचक हुन् । तीसँगै किसानले जुटको खेती कुन प्रयोजनका लागि गर्न थालेका छन् भन्ने कुराले पनि सान खस्केको देखाउँछ ।
स्याङ्जाका तीन पालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मदिवसको अवसरमा पालिकाहरुले बिदा दिएका हुन् ।
सहकारी ऐनको कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन् । सहकारी क्षेत्रको सुधार र पारदर्शिताका लागि कानुनी व्यवस्थाको पालना अपरिहार्य रहेको उनीहरूले बताएका हुन् ।
बागलुङमा सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारबाट विभिन्न कार्यक्रमका लागि विनियोजित रकममध्ये एक अर्ब ३३ करोड ८० लाख ६८ हजार रुपियाँ फ्रिज गएको छ ।
इलामको रोङ गाउँपालिकामा भौगोलिक पहिचान, वातावरण र दिगोपना प्रणाली (जिआइइएस) नेपालमै पहिलो पटक कार्यान्वयनमा ल्याइएको छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को १८ लाख रुपियाँभन्दा बढी आर्थिक सहयोगमा अत्याधुनिक मेसिन जडान गरी कार्यान्वयनमा ल्याइएको हो ।
दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया पूरा नहुँदै ठगी धन्दा सुरु भएको छ । वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको ई–७ भिसामा श्रमिक पठाउने प्रक्रियामा रहेकै बेला केही व्यवसायीले युवालाई कोरिया पठाउने आश्वासनसहित पैसा उठाउन थालेको पाइएको जनाइएको छ ।
सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरूप दिने अनुदानबापतको करिब ७५ करोड रुपियाँ रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ७४ पैसा र बिक्रीदर १४१ रुपियाँ ३४ पैसा निर्धारण गरिएको छ ।
जिल्लाको पर्यटन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सुनसान छ । गत वर्ष ३३ पटक उडान भरेको यो विमानस्थलमा गत वैशाखयता कुनै पनि उडान हुन नसकेको इलाम नगरपालिकाले जनाएको छ ।
नेपाल–भारत सीमानाका बेलहियामा स्थापना भएको एकीकृत जाँचविन्दु (आइसिपी) असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकको सहजता र सुरक्षा सुनिश्चित गर्न दुई वर्षअघि सुरु भएको यो विन्दु केही समयदेखि बन्द थियो ।
काठमाडौँ, भदौ १९ गते संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाले निर्णायक भूमिका खेलेको बताउनुभएको छ । उहाँले अमेरिकाको भूमिकालाई चीनले सोमबार गरेको सैन्य परेडमा नदेखाइएकोप्रति भने गुनासो गर्नुभएको छ ।