अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) स्टार्टअप एनथ्रपिकले १३ अर्ब अमेरिकी डलरको लगानी जुटाएको छ । यो लगानी आईकोनिक नामक लगानी संस्थाको नेतृत्वमा सिरिज एफ चरणमा गरिएको हो ।
पेरुको एक अदालतले पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोलाई मनी लन्ड्रिङको आरोपमा १३ वर्ष चार महिनाको जेल सजाय सुनाएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बुधबार युरोपेली मुलुक युक्रेनसँग शान्ति सम्झौता भएपछि आवश्यक सुरक्षा सहायता दिन पूर्णतः तयार रहेको बताउनु भएको छ ।
थाइल्याण्डका शाही अधिकारीले संसद् विघटन गर्न सत्तारुढ दलले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् ।
सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब रु ७५ करोड रकम निकासा गरेकोे छ ।
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारमा प्रमुख बाधक बनेको विद्युत पोल सार्ने काम तदारुकताका साथ भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले पोल सार्ने कार्यलाई द्रुत रूपमा अघि बढाएएको हो ।
मधेश प्रदेश सरकारले मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले एक सूचनामार्फत भदौ २० गते शुक्रबार मुस्लिम धर्मावलम्बीहरुले मनाउने पर्व मोहम्मद जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको हो ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा विहीबार १६ जनाले रक्तदान गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन रौतहटले प्रादेशिक अस्पताल गौरमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित १६ जनाले रक्तदान गर्नुभएको हो ।
कैलालीको धनगढीमा रहेको कैलाली जनपुस्तकालयको नयाँ नेतृत्व चयन गरिएको छ । सो जनपुस्तकालयको ४८ औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनु भएको छ ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरुको पर्यटन प्रवर्धन गर्न अन्तरप्रदेश अन्तरक्रियाको आयोजना गरिएको छ । नेपाल एसोसियएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना, नाट्टा बाँकेको समन्वय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धकत्वमा बिहीबार नेपालगन्जमा सो कार्यक्रम आयोजना गरिएको हो ।
पछिल्लो समय गुल्मीका स्थानीय तहमा साहसिक खेलप्रतिको आर्कषण बढ्दै गएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतले लोकतन्त्रलाई सबल र समुन्नत बनाउने बताउनु भएको छ ।
च्यासल रङ्गशालामा बिहीबार भएको खेलमा स्टुडेन्स फुटबल क्लबलाई ४–१ गोलले हराउँदै आरएस स्पोर्ट्स क्लब लिगमा छनोट भएको हो ।
बाँकेमा जापानिज इन्सेफलाइटिसबाट एक बालकको मृत्यु भएको छ ।