विद्युतको हाइटेन्सनलाइन मुनि थुपारिएको बालुवामा खेल्ने क्रममा मृत्यु भएका बैतडी डिलासैनी गाउँपालिकाका १४ वर्षीय बालक किराण कोली मृत्युका विषयमा जाहेरी दर्ता भएको छ ।
बिहीबारकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ ।
नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका-४ सौरपानी-रन्चोक जाने मुख्य सडक खण्डको सिम्बुमा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकगीतका पारखी र उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले असमान पृष्ठभूमिबाट आएका विद्यार्थीलाई एउटै किसिमको प्रतिस्पर्धामा उतार्दा असमानता हुने भएकाले कर्णाली प्रदेशका विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ्स (जिएसआई) मा नेपालले कुनै किसिमको सहमति नगरेको पुनःस्पष्ट गरेको छ ।
इन्द्रजात्रा (येँया) बिहीबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान १०ः३१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार अमेरिकी सर्वोच्च अदालतसमक्ष विश्वव्यापी बजारमा प्रभाव पर्ने भन्सार शुल्कको संरक्षण सुनिश्चित गर्न द्रुत निर्णय लिन आग्रह गरेको छ ।
बागलुङमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीभन्दा अव्यवस्थित बसोबासी १३ गुणाभन्दा बढी रहेको पाइएको छ ।
पाल्पाको सिद्धार्थ राजमार्ग छेउमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको रम्भा–३, सीतापहाडस्थित खोल्सामा अन्दाजी ३५ वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।
गत वर्ष असोजमा आएको भीषण बाढीले सुनकोशी गाउँपालिका–१ ढेबुवा ओखलढुुङ्गा र सिन्धुलीलाई जोड्ने झोलुङ्गे पुल बगाएको एक वर्ष पुग्न लाग्दा पनि पुनर्निर्माण सुरु हुन सकेको छैन ।
बर्दिवास नगरपालिका क्षयरोगले आक्रान्त बनेको छ । नगरपालिकाको सबैजसो वडामा क्षयरोगका बिरामी भेटिएका छन् ।
कृषि विकास कार्यालय सिन्धुलीले यो वर्ष कृषकको जीवनस्तरमा सुधार ल्याउन तीन करोड रुपियाभन्दा बढीको विभिन्न कृषि कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।