दार्चुला जिल्ला व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूभाग हो । यसको आधिकारिक तथ्य र अकाट्य प्रमाण नेपालसँग सुरक्षित छ । त्यही तथ्य र प्रमाणका आधारमा नेपालले यो भूभाग आफ्नो भएको दाबी गरेको हो । यसबारे नेपालमा कुनै विमति र विवाद छैन । यसमा सम्पूर्ण नेपालीको एउटै आवाज र एउटै म
विश्व कृत्रिम बौद्धिकता (एआई) सम्मेलन तथा कृत्रिम बौद्धिकता वैश्विक शासन उच्चस्तरीय बैठक २०२५ जुलाई २६ मा चीनको साङ्घाई सहरमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुँदै चिनियाँ प्रधानमन्त्री ली छि
राजेश्वर नेपालीसँग मेरो चिनजान पैँतीस वर्षजति पुरानो हो । चिनजान २०४५ सालको प्रारम्भमै गोरखापत्रमा जागिर खाँदा भएको हो ।
आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको २२ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घा शिखरकटेरीस्थित घर हालसम्म संरक्षण अभावमा भग्नावशेषमै सीमित छ ।
कर्जा निक्षेप अनुपातलाई सिडी रेसियो भन्ने गरिन्छ । बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप रकमको कति प्रतिशत रकम कर्जा प्रवाह गरेका छन् भन्ने अनुपात देखाउने एउटा इन्डिकेटर हो सिडी रेसियो । सिडी रेसियो बढी हुँ
थारु आयोगले थारु समुदायको पूरातात्विक, ऐतिहासिक र साँस्कृतिक सम्पदाको सूचिकरणसम्बन्धी अध्ययन प्रतिवेदन सङ्गालो प्रकाशन गरेको छ ।
आधुनिकताको नाममा मौलिकता हराउँदै गएपछि सुदूरपश्चिमको मुख्य मौलिक चाडपर्वसँग जोडिएका मौलिक कला संस्कृति जोगाउन स्थानीय तहले रकम छुट्याउन थालेको छ । यसले लोप हुँदै गएको कला संस्कृति पुनः ब्युँताउन सहयोग भएको छ ।
युएनआइपी युएन ग्लोरी अवार्ड–२०२५ तथा ग्लोबल मिट थाइल्यान्डको राजधानी बैङ्ककमा सम्पन्न भएको छ । युनाइटेड नेचर इन्टरनेसनल पिस (युएनआइपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिट अन्तर्गत राखिएको हो ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको गगनेखोलामा फेरि पहिरो गएको छ । गएराती परेको अबिरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा कर्णाली राजगर्मा पुनः अवरुद्ध भएको हो ।
गायक आनन्द कार्की र ममता गुरुङको युगल स्वरमा ‘जाली रुमाल फूलबुट्टे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइटेक इन्टरटेनमेन्टले निर्माण गरेको गीतमा सुषमा सिग्देलको शब्द रचना र अनिल शाहीको सङ्गीत रहेको छ ।
नेपालको जेठो शिक्षण संस्थाका रूपमा परिचित पद्मकन्या बहुमुखी क्याम्पसले हीरक महोत्सव मनाएको छ ।
गुल्मीमा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ। पुल्चोक स्पोट्र्स क्लबले रेसुङ्गा नगरपालिका वडा नम्बर–५, ६ र ७ को सिमानामा रहेको उनायचौर खेलमैदानमा ‘छैठौं पुल्चोक कप–२०८२’ अन्तर्गत बुधबारदेखि छात्रा फुटबल प्रतियोगिताको सुरु गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई अनुकूल हुने गरी लगानीमैत्री वातावरण बनाइएको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६२ पैसा र बिक्रीदर १४१ रुपियाँ २२ पैसा कायम भएको छ ।
बाजुरामा स्याउमा पाक्न सुरु भयो तर बाटो बन्द भएका कारण टिपेको स्याउ बारीमै थन्किएको छ । मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध भएपछि टिपेको स्याउ बारीमै थन्किएको हो । मार्तडी–कोल्टी गत असारदेखि नै बन्द भएको हो ।