भारतीय ठगको जालोमा परेर नेपाली फस्न थालेका छन् । ह्वाट्सएपमार्फत ट्र्यापमा पारेर नेपाली बैङ्कमा खाता खोल्न लगाई भारतीय ठगले नेपालीलाई पनि ठग बनाइरहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
“पहिले बिहान सबेरै उठेर तल खोलामा जान्थ्यौँ, गर्भवती महिलाले समेत पानी बोक्नुपर्ने बाध्यता थियो । अब त घरमै धारा छ, पानीको पिरै छैन ।” यो भनाइ हो शारदा नगरपालिका–१३, स्यानीखालकी ५५ वर्षीय तिलसरी घर्तीको । उहाँजस्तै ७० वर्षीय विष्णी बुढाको पनि उस्तै थियो दैनिकी । लाइनमा उभिँदा झगडा पर्ने र तनाव उत्पन्न हुने सामान्य जस्तै हुन्थ्यो सल्यान शारदा नगरपालिका–१३ का सयौँ बासिन्दाका लागि ।
अविरल बर्सातका कारण छेडागाड नगरपालिका–४, टाटाजेवा ढाँडटोल र गोया टोलको माथिबाट खसेको पहिरोले तल्लो बस्तीमा रहेका ३२ घरपरिवार विस्थापित भएका हुन् । पहिरो खसेपछि सर्वसाधारण नजिकैको विद्याज्योति आधारभूत विद्यालय, सिद्धडाँडास्थित छिमेकीको घरगोठमा बसेका छन् । पहिरोले गाउँबस्तीमा उच्च जोखिम भएपछि विस्थापित भएका परिवार बिचल्लीमा परेका हुन् ।
लगातारको वर्षासँगै आएको पहिरोले रुकुमपश्चिमका करिब एक दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग र भेरी कोरिडोरको रुकुमपश्चिम खण्डमा हरेक दिनजसो आउने पहिरो हटाएर यातायात सुचारु हुने गरिए पनि ग्रामीण सडक भने बन्द अवस्थामा छन् ।
जनयुद्धको क्रममा साबिक रुकुममै प्रथम सहिद हुनुभएका रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११, खोलागाँउका सहिद गणेश शाहको हत्या भएको ३१ वर्ष बितेको छ । हालसम्म पनि राज्यबाट राहतसमेत नपाएको मृतकका परिवारले ३१ वर्षसम्म न्याय नपाएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक दशकयता फेला नपरेको धारीदार हुँडार पुनः देखा पर्न थालेका छन् । निकुञ्जले बाघ गणनालगायत विभिन्न प्रयोजनका लागि क्यामरा ट्र्याप गर्दा क्यामरामा सधैँ जसो हुँडार देखिन थालेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष अझ बढी हुँडार फेला परिरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।
पुरातत्व विभागले यो वर्ष बैतडीको जगन्नाथ मन्दिर, कैलालीको गर्भा दरबारसहित सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लामा रहेका १० वटा पुरातात्त्विक सम्पदाको संरक्षण, विस्तृत अध्ययन प्रतिवेदन तयार, अनुसन्धान र उत्खनन गर्ने भएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीस्थित वडा नम्बर २ को हाटबजार क्षेत्रमा भएको अतिक्रमण हटाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ ।
सर्लाहीको बरहथवा नगरपालिकामा बिहीबार शोक बिदा दिइएको छ । नगरसभा सदस्य तथा वडा नं. ९ का वडा सदस्य राधेश्याम महतो कोइरीको निधनमा बिहीबार नगरपालिकाभर शोक बिदा दिइएको हो ।
नवलपुरको बौदीकाली गाउँपालिकाले पालिका बाहिर रहेका आफ्ना नागरिकलाई पायक पर्ने गरी कावासोती नगरपालिकामा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण शिविर सञ्चालन गरेको छ । बुधबारदेखि सुरु भएको शिविर शनिबारसम्म सञ्चालन हुने छ ।
बाल श्रम मुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–७ को आयोजना तथा नेपाल गुडवीभ फाउण्डेसन (एनजीएफ) को समन्वयमा उद्योग व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
स्थानीय तहलाई बलियो बनाउँदै लैजाने विषयमा अबको बहस चल्नुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा भएको स्थानीय तह, सरकारी तथा गैर सरकारी निकायको वार्षिक समीक्षा कार्यक्रमका सहभागीले स्थानीय सरकार बलियो भएमा नागरिकले सहजै सेवा पाउने बताए ।