प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्कनुभएको छ । उहाँ राति करिब १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ ।
सरकारले निजामती सेवा दिवस, २०८२ लाई विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रूपमा मनाउने भएको छ । निजामती सेवा दिवसलाई उल्लास रूपमा मनाउन विभिन्न कार्यक्रम तय गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
थाइल्यान्डमा संसद् विघटन गरिँदै छ । कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइलले सरकार चलाउन सक्ने अवस्था नरहेपछि संसद् विघटन गर्न राजासमक्ष सिफारिस गर्नुभएको एएफपीले जनाएको छ ।
सरकारले सामाजिक सञ्चालनलाई दर्ता तथा सूचीकरणका लागि समयसीमा तोकिरहेका बेला सर्वोच्च अदालतले पुनः सामाजिक सञ्जाल दर्ता र नियमनका लागि परमादेश आदेश जारी गरेको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहनुभएका गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधबार नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले चितुवालाई ट्रयापमा पारेर नियन्त्रणमा लिएको हो ।
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताउनुभएको छ ।
काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ। ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैज्ञानिक समाजवाद स्थापनाका लागि विचार मिल्ने इमान्दार शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ ।
बाँके जिल्लाको अन्य क्षेत्रको तुलनामा शिक्षामा सबैभन्दा पछाडि परेको नरैनापुर गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धि गर्न पालिका भित्रका सबै सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ।
ताप्लेजुङका स्थानीय साहित्य सर्जकले बुधबार सिर्जना वाचन गरेका छन्। १८ औं पुस्तकालय तथा साहित्यकार जगमोहन शाक्य स्मृति दिवसको अवसरमा स्थानीय साहित्यकारले सिर्जना वाचन गरेका हुन्।
बाह्रबिसे–कोदारी (२६किमी) लोकमार्ग अन्तर्गत कोदारी सडक खण्डको इको पहिरो महिना दिन बित्दा समेत खुलेको छैन् ।
नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणको काम गरिरहेको कम्पनीले आफ्नै स्टाफले रड चोरेर बेचेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले सो प्रस्ताव पेस गर्नुभएको थियो।