राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङले विद्यालय शिक्षासम्बन्धी हाल प्रस्तुत विधेयकप्रति आपत्ति जनाउँदै जिल्ला शिक्षा समन्वयका प्रमुख देवमणी चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ ।
सुडानको डारफर क्षेत्रमा परेको भीषण वर्षापछि गएको पहिरोमा पुरिएर कम्तीमा १०० जनाको शव फेला परेको विद्रोही समूहले जानकारी दिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २६० जनामा डेङ्गु पुष्टि भएसँगै डेङ्गु सङ्क्रमितको संख्या तीन हजार ८११ पुगेको छ । हालसम्म दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ ।
गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ । यो तथ्य राष्ट्रिय मानव अधिकार आयोग (कोम्नास ह्याम)ले बुधबार पुष्टि गरेको हो ।
रूसी सेनाले युक्रेनमा ५० हजारभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेपछि मुख्यतया देशको पश्चिमी भागमा विद्युत आपूर्ति ठप्प भएको युक्रेनी अधिकारीले बुधबार जानकारी दिएका छन् ।
कान्ति बाल अस्पताल र मानसिक अस्पताल, लगनखेलमा सञ्चालित विशेष मनोचिकित्सा एकाइहरू सरकारी व्यवस्थापनमा हस्तान्तरण हुने भएका हुन ।
अमेरिकी सङ्घीय अपिल अदालतले मङ्गलबार राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भेनेजुएलाका कथित गिरोह सदस्यलाई निर्वासन गर्न युद्धकालीन कानून प्रयोग गर्ने कदमलाई अस्वीकार गर्दै केही दक्षिणी राज्यमा यसको प्रयोगलाई रोक लगाउने निर्णय सुनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था (आइएइए)ले मङ्गलबार यसका निरीक्षकले सिरियाको एक पुरानो साइटमा युरेनियमको निशान फेला पारेको जानकारी दिएको छ ।
काठमाडौँ सामाखुसीबाट चार करोड २६ लाख नगद र ९ किलो बढी सुनसहित पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई प्रहरीले अनुसन्धानका लागि आन्तरिक राजस्व विभाग हरिहर भवन पठाएको छ।
बागमती प्रदेश सरकारले लम्पीस्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ९६ हजार तीनसय ४७ गाई–भैँसीलाई खोप लगाइएको छ ।
रुसले अझै पनि युक्रेनका आफ्ना कब्जामा रहेका भूभागलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन खोजिरहेको जनाएको छ ।
गाजामा बुधबार भएको इजरयली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या एक सय १२ पुगेको छ । तीमध्ये सहायताको खोजीमा रहेका २४ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएका छन् ।
भारतको सेमिकन्डक्टर उद्योगको वृद्धिको महत्त्वपूर्ण मोडमा प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार नयाँदिल्लीको यशोभूमि (भारत अन्तर्राष्ट्रिय सम्मेलन र एक्सपो सेन्टर) मा सेमिकन इन्डिया २०२५ को उदघाटन गर्नु भएको छ ।
च्यासल मैदानमा बुधबार भएको खेलमा एनआरटीले बुटवल लुम्बिनीलाई २–० गोलले हरायो ।