• १९ भदौ २०८२, बिहिबार

सिद्धार्थ राजमार्ग छेउमा बेवारिसे अवस्थामा महिलाको शव फेला

blog

रेखीराम राना
तानसेन, भदौ १९ गते ।
पाल्पाको सिद्धार्थ राजमार्ग छेउमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको रम्भा–३, सीतापहाडस्थित खोल्सामा अन्दाजी ३५ वर्षकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

महिलाको निधारमा चोट लागेको देखिन्छ । ती महिलाको कसरी मृत्यु हुन गयो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताउनुभयो । महिलाको हत्या भएको हो कि दुर्घटनामा परेकी हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो ।

मृतक महिला तराई मूलको जस्तो देखिने प्रहरीले उल्लेख गरेको छ । महिलाको शव हाल तानसेनस्थित मिसन अस्पतालमा राखिएको छ । शवको आफन्त खोजी कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।