• १९ भदौ २०८२, बिहिबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

फाइल तस्बिर

काठमाडौं, भदौ १९ गते । बिहीबारकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशहित फिर्ता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै हुनुहुन्छ । 

यसैगरी, उहाँले राष्ट्रपतिबाट सन्देशसहित र्फिता भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्तावसमेत  प्रस्तुत गर्नुहुनेछ ।   

यस्तै, आजको बैठकमा सभामुखले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ । 

सञ्चार तथा सूचना मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्त्रित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ । 

यस्तै, प्रतिनिधि सभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गर्नुहुने कार्यसूची रहेको छ ।