नेपाल–भारत सीमानाका बेलहियामा स्थापना भएको एकीकृत जाँचविन्दु (आइसिपी) असोजदेखि पुनः सञ्चालनमा आउने भएको छ । पर्यटकको सहजता र सुरक्षा सुनिश्चित गर्न दुई वर्षअघि सुरु भएको यो विन्दु केही समयदेखि बन्द थियो ।
काठमाडौँ, भदौ १९ गते संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो विश्वयुद्ध अन्त्यका लागि अमेरिकाले निर्णायक भूमिका खेलेको बताउनुभएको छ । उहाँले अमेरिकाको भूमिकालाई चीनले सोमबार गरेको सैन्य परेडमा नदेखाइएकोप्रति भने गुनासो गर्नुभएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठकले शुक्रबारदेखि सुरु हुन गइरहेको दोस्रो विधान महाधिवेशनको कार्यतालिका तय गरेको छ ।
पूर्वी मकवानपुरको बकैयामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका बकैया गाउँपालिका ३ हात्तिसुडे जितदमार बस्ने २४ वर्षीय विजय थिङको बिहीबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनिराज वराल (स्टार) बुधबार बिहानदेखि सम्पर्क विहीन हुनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व चयनको प्रक्रिया मात्र नभई नीति, दिशा र उद्देश्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासङ्घको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताउनुभएको छ।
एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।
काठमाडौँको तारकेश्वर– ५ मा रहेको उक्त सामुदायिक विद्यालयमा कोरियाको उम होङ गिल ह्युमन फाउन्डेसनले बहुउद्देश्यीय इनडोर खेलकुद कवर्ड हल निर्माणपछि हस्तान्तरण गरेको हो।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले लोकतन्त्रको स्थापना, संविधान निर्माण र संसद्को दीर्घकालीन यात्रामा पूर्वसांसदका योगदान अतुलनीय रहेको बताउनुभएको छ।
भारतले जारी गरेको पछिल्लो बाढी चेतावनीपछि पाकिस्तानको पञ्जाब प्रान्तका बाढी प्रभावित क्षेत्रहरूबाट विगत ४८ घण्टामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीले बुधबार जानकारी दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको छ।