अविरल वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग र जिरो किलो मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिवार राती देखी परेको अविरल वर्षाका कारण अरनिको राजमार्गको दोलालघाट बन्देउ खण्ड र हेलम्बु सडकको जिरो किलो फेदी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को उम्मेदवालाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो । राष्ट्र बैङ्कबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बिचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आयातनिर्यात दुवैमा कमी आएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा आयात ०.६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपियाँको आयात भएको थियो । यस्तै चालु आवको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको भएको छ ।
पृथ्वीनारायण शाह र उहाँका बुवा नरभूपाल शाहका राजनीतिक सल्लाहकार बिसे नगर्चीको विषयमा खोज, अनुसन्धान गरी लेखक दीपेन्द्रराज तिम्सिनाले ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशित गर्नुभएको छ । विभिन्न समयमा इतिहासकारले लेखेका ऐतिहासिक दस्ताबेजमा पनि बिसेले नुवाकोट दुई पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई उचित समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।
राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचार मुद्दामा हदम्यादको व्यवस्था नराख्न प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा पत्राचार गरेको छ । समितिमा दफावार छलफलका क्रममा रहेको विधेयकमा प्रस्तावित हदम्यादको व्यवस्था नराख्न आयोगले समितिमा पत्राचार गरेको प्रवक्ता डा. टीकाराम पोखरेलले बताउनुभयो । आयोगले शुक्रबार समितिमा पत्राचार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले चार वटै सहकारीको बचत रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिनुभएको छ । उहाँले त्यसको सबै दोष गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) तर्फ देखाउनुभयो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग गरेको सोधपुछमा उहाँले आफू जिम्मेवारीमा रहँदा कुनै पनि सहकारीमा निवेदन दिएर ऋण नलिएको दाबी गर्नुभएको हो ।
युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताउनु भएको छ ।
घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् ।
पूर्वबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल क्याप बुलेरो गाडी सुनकोशी नदीमा खसेको हो।
अखिल नेपाल टेबलटेनिस सङ्घको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
सत्रौं पुस्तकालय दिवसको अवसरमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटी मण्डपमा रक्तदान कार्यक्रम गरी सम्पन्न भएको छ ।
थारू समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई संग्रहित गर्ने अभियान थालेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।