अनिल पराजुली
हेटौँडा, भदौ १९ गते । पूर्वी मकवानपुरको बकैयामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका बकैया गाउँपालिका ३ हात्तिसुडे जितदमार बस्ने २४ वर्षीय विजय थिङको बिहीबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।
थिङ बिरामी भई उपचारको लागी हेटौँडा अस्पताल मकवानपुरमा ल्याई उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
थिङको दाहिने हातको हत्केलामा चोट देखिएको थियो । घरनजिकै रहेको ट्याउँट्याउँ खोलामा माछा मार्न जाँदा खोला नजिकै रहेको विद्युतको तारबाट हुक लगाई माछा मार्ने क्रममा करेन्ट लागि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।