बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले कार्यान्वयन गरेका एक हजार वटा योजनामध्ये सात सय ७८ वटा रु पाँच लाखभन्दा कम बजेटका हुन् ।
हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिनुभएको हो ।
गुल्मीमा निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । यस जिल्लामा ‘व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मुख्य नारासहित आज (शुक्रबार)देखि भदौ २२ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस–२०८२ मनाउन लागिएको हो ।
हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।
सिन्धुपाल्चोककै सबैभन्दा ठुलो १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलबिद्युत आयोजनाले भदौ अन्तिम सातादेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने भएको छ । भदौ १६ देखि उसले परीक्षण रुपमा विद्युत उत्पादन सुरु गरेको छ ।
महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला १३ महिना अवधिमा यस नगर क्षेत्रमा एक सय ४५ जना नयाँ क्षयरोगी पहिचान गरिएका छन् । यो २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको आँकडा हो ।
तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो ।
गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
कालीगण्डकी कोरिडोरको गैँडाकोट–बुलिङटारबिचको तरङ्गाखोलामा पक्कीपुल निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले चार वर्षपछि काम सुरु गरेकोमा बिचैमा काम छोडेर सम्पर्कविहीन रहँदा पुल अलपत्र परेको छ ।
गोरखाको ऐतिहासिक स्थल गोरखा सङ्ग्रहालयमा एक लाखभन्दा बढीले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्म कुल एक लाख २२ हजार ७३३ जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेको गोरखा सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्से द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवननिर्वाह भत्ता दिने भएको छ । नगरपालिकाले उनीहरूका श्रीमतीलाई जीवनयापन गर्न सहज होस् भनेर मासिक दुई हजार पाँच रुपियाँ जीवननिर्वाह भत्ता दिन थालेको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हेरचाह कार्य (केयर वर्क) घर, समुदाय तथा राष्ट्रकै एक पेशा मात्र नभएर मानवीय सेवा पनि हो भन्नुभएको छ ।
अपि नाम्पा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् गठन हुन नसक्दा संरक्षण क्षेत्रको पञ्चवर्षीय कार्ययोजना स्वीकृत हुन सकेको छैन ।