उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताउनुभएको छ । उहाँले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताउनुभयो ।
काठमाडौँ, भदौ २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।नेपाल कला परिषद्काे आयोजनामा नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताउनुभयो ।राष्ट्रपति पौडेलले भन्नुभयो, “लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्छ ।” उहाँले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणका लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताउनुभयो ।राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीको ध्यान आकर्षित गर्न स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्नसके पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राख्नुभयो । उहाँले नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपाली सभ्यताको परिसूचकका रूपमा रहेका कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताउनुभयो । नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “सदियौँ पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो । यस परिवेशमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा आयोजित यो महोत्सव उद्घाटन गर्न पाउँदा म हर्षित भएको छु ।”राष्ट्रपति पौडेलले सबैको सहकार्यले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास व्यक्त गर्नुभयो । रासस
निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घरोगीको सङ्ख्या थपिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
कर्णाली करिडोरअन्तर्गतको सिमकोट खार्पु सडक खण्डको सडक अवरुद्ध भएको छ । हुम्लामा नियमित रुपमा परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरू अवरुद्ध हुने क्रम बढ्दो छ ।
‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदैछ ।
भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ ।
अमेरिकाको सर्वाधिक तेस्रो ठूलो धनराशिको पावरबल चिठ्ठा सेप्टेम्बर ६ तारिख शनिबार राति खुल्ने भएको छ ।
दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरहरुलाई अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज होस भन्ने उद्देश्यले एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकालाई ‘एनिमल एम्बुलेन्स’ हस्तान्तरण गरेको छ ।
म्याग्दी जेसीजको आयोजनामा हुने अन्तरमाध्यमिक विद्यालय(कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी मङ्सिर ८ देखि १३ गतेसम्म हुने भएको छ ।
शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु. एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलमाई नगरपालिका–९ बथानचौडी नजिकै शुक्रबार बिहान ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसका अवसरमा खोटाङमा आज आयोजित रक्तदान कार्यक्रममा जिल्लाका ८० जना रक्तदाताले रगत दान गरेका छन् ।
दौको अन्तिमसाता भएसँगै बैतडीका गाउँबस्तीमा मकै थन्क्याउने चटारो भएको छ । बिहानैदेखि खेतबारीमा मकै टिप्ने, डोको नाम्लो बोकेर किसानहरु घरका आँगनमा ल्याउने, दाना छुट्याउने र घरघरमा मकैको टव्वा (लुटा) झुन्ड्याउने कामले गाउँको वातावरणनै सोभायमान बनेको छ ।
स्याङजाको वालिङ नगरपालिकाले आँधीखोलाको दुबै तर्फ करिडोरले बनाइरहेको छ । झण्डै पाँच बर्ष अगाडिबाट सुरु भएको करिडोर निर्माणलाई पछिल्लो समय तीव्रता दिइएको हो ।