ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकामा सहकारी शिक्षा तालिम सञ्चालन गरिएको छ। अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत मिक्वाखोलामा दुई दिने सहकारी शिक्षा तालिम सञ्चालन गरिएको हो।
गृहमन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुले पूर्वाधार निर्माण गुणस्तरीयका साथै समयमै काम सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ । हालसम्म यो खण्डको भौतिक प्रगति ५७.२३ प्रतिशत र वित्तीय प्रगति ४३.६३ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा भएको ३७ करोडभन्दा बढीको सहकारी रकम हिनामिना, ठगी र संगठित अपराध सम्बन्धिको मुद्दाका तीन जना फरार दोषीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ गरगरेमा शुक्रबार बिहान आगलागी हुँदा दुई करोड रूपियाँ बराबरको क्षति भएको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नारीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर नेपालमै उपलब्ध भइरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको बन्दसत्र सुरुभएको छ । राष्ट्रिय धुन, नेकपाका संस्थापक पुष्पलाल, जनताको बहुलदीय जनवादको प्रणेता मदन भण्डारी, कम्युनिस्ट पार्टीको पहिलो निर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी लगायत सहिदहरुको सम्झनामा उदघाटनसत्रमा शोकधुन बजाइएको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ स्थित कालागाउँमा अवस्थित एसओएस बालग्राम ।
ठेकेदारले सडक निर्माणमा ढिलासुस्ती गरेपछि कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि सडकमा उत्रेका छन्।
प्रधानमन्त्री तथा नेकपा (एमाले्) का अध्यक्ष केपी शर्मा ओलीले देशको हितमा देखिने र सुनिने गरी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ । एमालेको दोस्रो विधान महाधिवेशनको उदघाटनसत्रमा शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो ।
सो एम्बुलेन्स सञ्चालनमा आएपछि दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई अब अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिनुभयो ।
रङ्गीन बजार र ऐतिहासिक दरबारका लागि प्रसिद्ध जयपुरको छेउमा रहेको एक औद्योगिक परिसर अहिले भारतको सौर्य उद्योगलाई चीनसँग प्रतिस्पर्धामा अघि बढाउने केन्द्र बनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलंकी, ३ नं. नापी टोली पुरानो नैकापमा कार्यरत करार कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरलाई घुससहित नियन्त्रणमा लिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन सुरु भएको हो ।