वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिकाले नगर अस्पताल बयलबासमा डायलासिस सेवा सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भर्खरै आवश्यक औजार, उपकरण र स्वास्थ्य सामग्री प्राप्त भएको नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका मिर्गौलाका बिरामीलाई लक्षित गरी ईश्वरपुर नगरपालिका–६, बयलबासमा रहेको नगर अस्पतालमै पहिलो पटक डायलासिस सेवा प्रदान गर्ने तयारी गरिएको हो ।
बर्दीबास नगरपालिका–११, खैरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक वसन्तप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ ४ गते कुवेतमा मृत्यु भएका धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको बिहीबार अन्त्येष्टि गरिएको छ । धनकुटाका महालक्ष्मी नगरपालिका–४, दमारस्थित अरुण नदी किनारमा अन्त्येष्टि गरिएको हो । मगरको शवलाई उहाँका दुई छोरीले दागबत्ती दिनुभयो । गत १३ गते महालक्ष्मी नगरपालिकाले मगरको शव नेपाल झिकाउन कागजात पठाएको थियो ।
कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–सुनसरी धरानसम्मको ४२ किलोमिटरमध्ये ३२.८ किलोमिटर सडक हस्तान्तरण भएर सडक डिभिजन कार्यालय विराटनगर मातहत आएको छ । उत्तर–दक्षिण कोशी सडक योजना अन्तर्गत रानी–धरान खण्ड छ लेन राजमार्ग विस्तार आयोजना कार्यालय इटहरीबाट सडक डिभिजनमा हस्तान्तरण भएको हो ।
आर्थिक वर्ष सुरु भएको डेढ महिना बितिसक्दा पनि बागमती प्रदेश सरकार अन्तर्गत जिल्लामा रहेका सरकारी कार्यालयले विनियोजन भएको योजनाको काम सुरु गर्न सकेका छैनन् ।
जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो ।
नवलपुरमा जापनीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ । १४ जना सङ्क्रमित भएका छन् । संक्रमितमध्ये दुई जना अझै पनि अस्पतालमै उपचाररत छन् भने बाँकी निको भएर घर फर्केका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ ।
आज अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ ।
सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आयुर्वेदिक पद्धति हाम्रो प्राचीन पहिचान भएको बताउनुभएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय हेटौँडाको बिहीबार निरीक्षण गर्दै उहाँले आयुर्वेदिक सभ्यतासँग जोडिएको स्पष्ट पार्नुभयो ।
मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ ।
बेनी नगरपालिका, धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले कार्यान्वयन गरेका एक हजार वटा योजनामध्ये सात सय ७८ वटा रु पाँच लाखभन्दा कम बजेटका हुन् ।
हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ ।